ईलाम-स्वास्थ्य शिक्षा र सेवामा सूधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले माग राख्दै आएका डा.गोबिन्द के.सि.ले आजदेखी ईलाममा सत्यग्रह सुरु गर्ने चेतावनी दिएका छन । यसअघि सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसी पुस १७ देखि अनशन बस्न इलाम आएका थिए ।

राज्यले पन्ध्रौं सत्याग्रहको सहमतिलाई वास्ता नगरेको भन्दै ईलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. केसीले १६ औं सत्याग्रह गर्ने चेतावनी दिएका हुन् । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्न पक्षविरुद्ध हुने समेत केसीले बताए ।

स्वस्थ क्षेत्रको लागि धेरै अनशन बसे तर उपलब्धी हुन सकेन । अब कुशासन बिरुद्ध बस्छु । उनले भने । पुस १७ देखि अनशन बस्न आएका उनले संसदीय समितिले माग पुरा गर्न २ दिनको समय मागेपछी ७ दिनको समय दिएका थिए । ७ दिनमा पनि राज्यले माग पूरा गर्न नसकेपछि आज देखि अनशन बस्ने चेतावनी दिएका हुन ।