काठमाडौं– संघीयता अनुसारको नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्ट (एच.ए) लाई अन्याय गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालको अगुवाईमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आन्दोलन भैरहेको छ । मन्त्रलयमा धर्ना र घेराउ कार्यक्रम चलिरहेको समयमा मन्त्रालय परिसरभित्र होहल्ला भएपछि प्रहरीको हस्तक्षेप गरेको थियो ।

नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्। संघका कार्यवहाक अध्यक्ष दिपेन्द्र खड्काका अनुसार ६ बुदे ज्ञापन पत्र बुझाएकोमा आफ्नो माग वास्ता नगरेपछि मन्त्रालय घेराउ गरेको तर यसमा पनि प्रहरीले हस्तक्षेप गरेको बताए ।

प्रहरी हस्तक्षेप पछि अहिले मन्त्रालय तनाबमा छ । आन्दोलन झनै चर्कन सक्ने देखिएको छ ।