भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पती विवरण बुझाएका छन । उनले साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका छन्। उनकाे कूल चल–अचल सम्पति २ करोड ५१ लाख ३६ हजार १ सय १९ रुपैयाँ देखिएको छ। मोदीले शुक्रबार भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धी नगरमा आवासीय घर, १ करोड २७ लाख बचत (आवधिक बचत) र ३८ हजार ७ सय ५० नगद सहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन्।

 

 

 

मोदीले बुझाएको विवरण उल्लेख गर्दै भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ, उनले सन १९८३मा गुजरात विश्वविद्यालयबाट एमए (डिग्री) गरेका छन्। समाचार अनुसार उनले सन १९७८ मा दिल्ली विश्वविद्यालयबाट कलामा स्नातक तथा १९६७ मा गुजरात बोर्ड बाट एसएससी परीक्षा उत्तीर्ण गरेको उल्लेख छ। प्रधानमन्त्री मोदीले १.४१ करोड बराबरको चल सम्पत्ति तथा १.१ करोड बराबरको अचल सम्पत्ति रहेको उल्लेख गरेका छन्।

मोदीले टैक्स सेभिङ इन्फ्रा ब्रान्डमा २० हजार, राष्ट्रिय बचत प्रमाणपत्र (एनएससी) मा ७.६१ लाख तथा एलआईसी पोलीसीमा १.९ लाख रुपयाँ लगानी रहेको उल्लेख गरेका छन् । उनको बचत खातामा बाँकी ४ हजार १ सय ४३ रुपैयाँ छ । उनीसँग सुनका चार औठी रहेको उल्लेख छ। जसको तौल ४५ ग्राम छ। यसको मुल्य १.१३ लाख पर्ने बराबर पर्छ।

 

 

 

उनीसँग गान्धीनगरको सेक्टर १ मा ३ हजार ५ सय ३१ बर्ग फिट जग्गा छ। विवरणअनुसार यसको अनुमानित मुल्य १.१ करोड मानिएको छ। जसमा उनको जग्गामा भएको घर पनि सामेल छ । उनले सरकारी तलब र बैकबाट प्राप्त ब्याजलाई आयस्रोतका रुपमा उल्लेख गरेका छन्। उनले बुझाएको विवरणमा पत्नी जशोदाबेनको आयस्रोत र पेशा भने उल्लेख गरेका छैनन्।

उनीमाथि कुनै आपराधिक मुद्दा छैन र कुनै सरकारी रकम तिर्न बाँकी पनि छैन। लगातार दुईपटक लोक सभामा चुनाव लडिरहेका मोदीले सन २०१४ मा बुझाएको विवरणमा कुल १.६५ करोड सम्पत्ति रहेको उल्लेख थियो। अहिले उक्त सम्पत्ति करिब १ करोडले बढेर ढाई करोड पुगेको छ।