काठमाडौ-मुस्कान / चलचित्र ए मेरो हजुर ३ कि डेब्यु गरेकी सुहाना थापा र मेघा स्टार अनोलम केसी बिचको प्रेम सम्बन्धलाई लिएर व्यापक चर्चा चलिरहेको छ । धेरैले चलचित्र चलाउन नाटक गरेको भनेर भनिए पनि फिल्मि क्षेत्रको एउटा नियम जस्तै भइसक्यो को एक्टर सँग नाम जोडेर प्रेमको बारेमा चर्चा चलाउने उदाहरणको लागि : पल र आँचल र प्रतिप & जसितालाई पनि लिन सकिन्छ । उनिहरुको पनि धेरैनै चर्चा चल्ने गर्छ मिडियामा तर उनिहरु साथि मात्र भएको दाबी गर्दै आएका छन् । त्यस्तै अहिले झरना थापा पुत्री सुहाना थापा र अनमोल केसीको बिषयमा पनि निकै नै चर्चा चलिरहेको छ । उनिहरुको अन्तर्वार्तामा पनि एक अर्कालाई माया गरे झै देखिन्छ , हाउभाउ ,धर्म देखि लिएर खानेकुरा हरु पनि मील्ने बताउँछन् । जस्तै सुहाना भेजेटेरियन हो भने अनमोलले पनि माछा मासु केही खाँदैनन् ।

 

केही दिन अगाडि मात्र केहि अनलाइन मिडियाहरुमा भुवन केसीले पनि बुहारी भनेर सुहानालाई भनेका थिए भने यता झरना थापाले पनि केही अन्तर्वार्ता हरु अनमोल ज्वाइँ हुन पनि सक्छन भनेर भन्दै आएकी छिन् । तर उनिहरु एक अर्कामा नजिकको साथी मात्र भनेर दाबी गर्दै आएका छन् । सुहानाले त भनेकी छिन् भविष्यमा विहे पनि सम्भव छ । जे होस् चर्चा गज्जबले चलेकै छ ।

 

प्रष्ट वक्ता रमेश प्रसाईं र इन्द्रेणीकि सञ्चालिका खिमा रोका मगरको विशेष जुवारी

मुस्कान / विगत लामो समयदेखि निरन्तर नेपाली गीत संगीतको जगेर्ना गर्दै नयाँ प्रतिभाहरुलाई स्थान दिँदै पुराना सर्जकको सम्मानमा अग्रसर लोकप्रिय कार्यक्रम इन्द्रेणी , हरेक नेपालीको ढुकढुकी बन्न सफल एक मात्र कार्यक्रम हो ।

 

स्टुडियोमा मात्र सिमित नरहेर देशका विभिन्न भू भागमा पुगेर कार्यक्रम प्रस्तुत गर्दै आइरहेका छन् । यश कार्यक्रमलाई सुरुवाती दिनदेखिनै सञ्चालकको भुमिका निभाएर कृष्ण कँडेलले सुरु गरेका हुन् । ABC टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम इन्द्रेणी अहिले युट्युवमा पनि धेरै हेरिने कार्यक्रमहरु मध्यको एक कार्यक्रम हो । हालै मात्र झापा पुगेका इन्द्रेणी टिमले झापामा तयार गरिएको विशेष कार्यक्रम युट्युबमा सार्वजनिक गरेका छन् ।

आफ्नो अभिव्यक्ति राखेरै चिनिएका प्रष्ट वक्ता रमेश प्रसाईं र इन्द्रेणीकि सञ्चालिका खिमा रोका मगरले विशेष जुवारी खेलेका छन् । पछिल्लो समय पुर्वेली लोक भाकाहरु लोप हुँदै जान थालेको बताउँदै प्रसाईं चर्चित पुर्वेली भाका (खोटाङ जिल्ला दिक्तेल बजार) मा उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन् ।

 

भिडियो हेर्नुहोस