काठमाडौ – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले तीन फरक तीन शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । शनिबार युभेन्टसले इटालियन सिरी ‘ए’ को उपाधि पक्का गरेसँगै रोनाल्डोलो यो दुर्ल कीर्तिमान रचेका हुन्। शनिबार राति युभेन्टसले फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को उपाधि जित्ने पक्का गरेको हो ।

रोनाल्डो बाहेक अहिलेसम्म अन्य कुनैपनि खेलाडीले इंग्ल्यान्ड, स्पेन र इटालीको लिगको उपाधि जित्न सकेका छैनन्। रोनल्डोले रियल म्याड्रिड हुँदा स्पेनिस ला लिगाको उपाधि र म्यानचेस्टर युनाइटेडमा हुँदा इंग्लिस प्रिमियर लिगको उपाधि जितेको थिए । रोनाल्डोले रियल मड्रिडलाई दुई पटक स्पेनिस ला लिगाको उपाधि जिताएका थिए भने, युनाइटेडलाई तीन पटक प्रिमियर लिगको उपाधि जितेका थिए ।

यसै सिजनको सुरुवातमा रियल छाडेर युभेन्टस पुगेका रोनाल्डोले पहिलो सिजननै सिरी ‘ए’ उपाधि जित्न सफल भए। युभेन्टसले रियल मड्रिडबाट रोनल्डोलाई ९९ मिलियन पाउण्डमा तिरेर लगेको थियो । रोनाल्डोले तीन फरक तीन शीर्ष लिगको उपाधि जित्ने एक्लो खेलाडी बनेका हुन् ।

 

 

फ्रेन्च कप हारेपछि नेयमारले एक समर्थकमाथि मुक्का प्रहार गरे

 

केही दिन अघि मात्रै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको कार बाहीमा परेका फ्रान्सेली क्लब पीएसजीका ब्राजिलियन खेलाडी नेयमार अर्को लफडामा मुछिएका छन् । शनिबार राति सम्पन्न फ्रेन्च कपको फाइनलमा रेनेस सँग पराजित भएपछि नेयमारले एक समर्थकमाथि मुक्का प्रहार गरेका हुन् ।

खेलको नियमित समयमा पीएसजी र रेनेसले २–२ गोलको बराबरी खेलेका थिए । तर, पेनाल्टीमा रेनेस ६–५ गोलले विजयी भएको थियो । पराजित भएपछि नेयमार उनका सहकर्मीका साथ उपविजेताको मेडल थाप्न गएका थिए। सोही समयमा एम समर्थकले उक्त भिडियो खिचिरहेका थिए । उक्त भिडियो खिचिरहेको समर्थकलाई नेयमारले मुक्का प्रहार गरेका हुन् ।

हाल नेयमारले मुक्का प्रहार गरेको फुटेज भाइरल भएको छ । फुटेजमा नेयमारले उक्त समर्थकलाई झम्टिरहेका छन् । फुटेजमा नेयमारको साथैमा रहेका सहमर्की तथा अन्य समर्थकले त्यो नगर्न भन्दै अवस्थालाई सामान्य बनाउन खोजेको देखिन्छ ।

 

 

दिल्ली ५ विकेटले विजयी, सबैभन्दा सफल बलर बने सन्दीप

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ। टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। जवा फमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो । यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ ।

१० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ । दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए । आईपीएलमा उनले १२ अर्धशतक बनाएका छन् । यसैगरी पृथ्वी शाले ११ बलमा १३ रन बनाए । शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए ।

 

पन्जाबको तर्फ हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए। यसअ घि पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । मन्दिप सिंहले ३० रन योगदान गरे। हरपि्रत बरार १२ बलमा २० रन बना उँदै अविजित रहे । कप्तान रविचन्द्रन अश्विनले १६ रन बनाए ।

स्टाइलिस प्लेयर बने सन्दीप : यो म्याचमा दिल्लीबाट खेलिरहेका सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए । फर्ममा रहे का सलामी ब्याट्स म्यान लोकेश राहुललाई केबल १२ रनमा आउट गरेर सन्दीपले पन्जाबलाई पहिलो झट्का दिएका थिए । त्यतिबेला पन्जाबको स्कोर १३ रन थियो । त्यसपछि सन्दीपले क्रिस गेल र सेम कुरेनलाई पनि आउट गरे । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिए ।