मोरङ-मोरङमा १० वर्षीया बालिकाले आत्महत्या गरेकी छन । उनि माथि बलात्कार प्रयास भएको जनाईएको छ । बलात्कार प्रयास गरेर आत्महत्या गर्न बाध्य पारेकाे आराेपमा बालिकाका बुवा पक्राउ परेका छन्।

 

१० बर्षिया बहिनीले आत्महत्या गरेपछि १४ वर्षीया दिदीले बुबाले बलात्कार प्रयास गरेको जनाएकी छन । उनले प्रहरीमा बुवाविरुद्ध बलात्कार प्रयास गरेको किटानी जाहेरी दिएकी हुन्। उजुरीपछि प्रहरीले ति बालिकाको बुवालाई नियन्त्रणमा लिएको छ।

 

बालिकामाथि दुर्ब्यवहार गरेको आरोप लागेका ति ब्यक्ति उनीहरुका झड्केलो बुवा हुन्। आफ्ना बुबाको दुर्घटनामा मृत्यु भएको र आमाले दोस्रो बिहे गरेपछि तीन बालिकाहरु आमा र झड्केलो बुबासँग बस्दै आएका थिए। उनले १४ बर्षिया छोरीलाई पनि दुब्यबहार गरेको बुझिन आएको छ ।

 

प्रहरीका अनुसार गत वैशाख १ गते झड्केलो बुबाले उजुरी गर्ने छोरीलाई जबरजस्तीकरणी प्रयास गरेका थिए। तर, भागेर बचेकी उनले आफन्तलाई बुबाको व्यवहार बारे सुनाएकी थिइन्। आफूमाथि दुर्व्यबहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले बुबाबिरुद्ध जाहेरी दिएकी हुन्।

 

दिदीले दिएको उजुरीमा भने बुवाले बलात्कार प्रयास गरी दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको दावी गरिएको छ। आइतबार आमाबुवा काममा निस्किएको बेला बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।