बर्डफ्लु अर्थात इन्फ्लुएन्जा ए (एच फाइभ एन वान) लागेर नेपालमा पहिलोपटक एकजना युवकको मृत्यु भएको छ । काभ्रेका २१ वर्षीय एक युवकको १५ चैतमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

१० चैतमा ज्वरो र खोकीको उपचारका लागि अस्पताल भर्ना भएका उनलाई चिकित्सकले इन्फ्लुएन्जाको औषधि दिएका थिए । उनको स्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएर उपचारकै क्रममा निधन भएको थियो ।

 

अस्पताल भर्ना भएपछि र्‍याल परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएका उनको र्‍यालमा कुन भाइरस हो भन्ने कुरा पत्ता लाग्न नसकेपछि थप परीक्षणका लागि जापान पठाइएको थियो । बर्डफ्लु कुखुरा तथा पक्षीजन्य अति संक्रामक रोग हो ।

 

सबैभन्दा पहिला सन् १९७८ मा कुखुरामा देखिएको यो रोग सन् १९९७ मा मानिसमा देखिएको थियो । स्वास्थ्य मन्त्रालयले उक्त रोगको संक्रमण फैलन नदिन र निगरानी बढाउनका लागि विस्तृत अध्ययन थालेको बताएको छ ।

 

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। पछि स्वास्थ्य जाँच पश्चात परीक्षणको लागि उनको र्‍याल लिइएको थियो। त्यसपछि उक्त र्‍याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो।

 

उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन। त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमुनाको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो।

 

त्यसपछि आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन। केही दिनयता हेटौ‌ंडा, काठमाडौं, कास्की लगायतका सहरमा बर्ड फ्लु पुष्टि भई करिब सवा लाख कुखुरासमेत नष्ट गरिएकाे छ।

 

 

सिन्दुर हाल्न नपाउँदै सदाका लागि छुट्टिएको सम्बन्ध

’सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन!’ दिनेश अधिकारीको रचनामा तारादेवीले गाएको एउटा नेपाली गीत गीतमा भनिए जस्तै मानिसको जीवन न त सोचे जस्तो हुन्छ न सम्झे जस्तोनै।

 

कैलालीको लम्कीका भीमराज भण्डारीलाई पनि नियतीले अहिले यस्तै गराईदिएको छ। जीवन यात्रामा भेटिएकी सुनिता रावललाई विवाह गरेर ल्याएको आउँदो असारमा ठिक तीन वर्ष पुग्दै थियो। लामो सयम देखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेको यो जोडी सिन्दुर हाल्न नपाउँदै सदाका लागि छुट्टिएको छ ।

 

दिनेश अधिकारीको रचनामा तारादेवीले गाएको एउटा नेपाली गीत छ ’सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन!’ हो गीतमा भनिए जस्तै मानिसको जीवन न त सोचे जस्तो हुन्छ न सम्झे जस्तोनै। कैलालीको लम्कीका भीमराज भण्डारीलाई पनि नियतीले अहिले यस्तै गराईदिएको छ।

 

जीवन यात्रामा भेटिएकी सुनिता रावललाई विवाह गरेर ल्याएको आउँदो असारमा ठिक तीन वर्ष पुग्दै थियो। लामो सयम देखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेको यो जोडी सिन्दुर हाल्न नपाउँदै सदाका लागि छुट्टिएको छ ।-सिम्पल अनलाईन