ललितपुर -बोल्न नसक्ने १७ वर्षीय किशोर अप्राकृतिक मैथुनबाट पीडित भएका छन्। यी बालकलाई ३ सय रुपैयाँ दिएर अप्राकृतिक मैथुन गर्दै आएको पाइएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको हाे।

 

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार १७ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा भारतीय नागरिक किशोर दास पक्राउ परेका हुन्।

 

सामुदायिक बनमा युवायुवतीको शव

कैलालीको एक सामुदायिक वनमा एकै ठाउँमा युवायुवतीको शव फोला परेको छ। घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा ती दुई महिला र पुरुषको शव भेटिएको हो। शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउँपालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको प्रहरीले बताएको छ।

 

‘घटनास्थलमा विषादिको बोत्तल भेटिएको र दुवैले उक्त विषादि सेवन गरेपछि लछारिँदै अलि पर पुगेको अवस्थामा शव भेटिएको छ’, कैलालीका प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सिनाले नेपालखबरसँग भने भने। उनले प्रहरीले शव नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको बताए।

 

शवको प्रकृति हेर्दा केही दिन अगाडि नै आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। अहिले शवमा कीरा परेको र सड्न लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनीहरु श्रीमानश्रीमती नभए पनि सँगै शव भेटिएका कारण घटना रहस्यमय हुनसक्ने प्रहरीले जनाएको छ।

 

केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमानको कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भनी जानकारी गराएकी भन्दै केही व्यक्तिले खोजी गरेका थिए। मृतकमध्येकी महिला तिनै निर्मला हुनसक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।