काठमाडौ पछिल्लो समय निकै बिबादमा फसेकी सोनिका रोकाया यस्तै बिबादिद र उछृन्खल हर्कतका कारण सधै चर्चामा आउने गर्छन। पछिल्लो समय उनले सावित्री सुवेदी सङ्ग लिएको अन्तरबार्ताका कारण उनी माथी धेरैले आक्रोश पोखे।

 

विशेष गरि अन्तरबार्ता कै क्रममा सावित्री सुबेदिको रबि लामिछाने बिरुद्धको बिबादास्पद अभिव्यक्तिले सावित्री र सोनिका रोकाया दुबै जना बिबादित बने। कारण सोनिकाले आफ्नै च्यानल मार्फत उनको अन्तरबार्ता लिएकी थिइन।

 

केही समय सिङापुरमा बसेर पुन नेपाल फर्की आफ्नै अनलाइन टिभी च्यानल ‘द सोनिका सो‘ चलाएकी सोनिकाले यस्तै उछृन्खल हर्कत गर्नमा खप्पिस छन। उनले एक तेस्रो लिङ्गी मेघना लामा सङ्ग लिएको अन्तरबार्तामा Dare game भन्दै यस्तो सम्म हर्कत गर्न भ्याए।

सोनिका समलिङ्गी

सोनिका रोकाय चर्चित होष्ट हुन् । उनले लामो समयसम्म वाउ नेपाल नामक युट्युब च्यानलमा काम गरिन् । पछि उनको बारेमा नकरात्मक कमेन्ट आउन थालेपछि उनी केही समयको लागि सिङ्गापुर गएकी थिइन् ।

 

नेपाल फर्केपछि सोनिकाले आफ्नै युट्युब च्यानल खोलेकी छिन् । अहिले भने उनलाई दर्शकबाट सकरात्मक प्रतिक्रिया आउन थालेको छ । त्यस्तै हिजो सोनिकाले आफ्नो जन्मदिन मनाएकी थिइन् । धेरैलाई थाहा छैन होला तर सोनिका समलिङ्गी हुन् । यो कुराको खुलासा स्वयम उनकी आमाले गरेकी हुन् ।

 

सोनिकाकी आमाले आफ्नी छोरी त्यस्तो भएको देख्दा निकै नराम्रो लागेको तर पछि यहि कुरालाई आफूले स्वीकार गर्नुपर्ने भएकाले आफूलाई सम्झाएको पनि बताइन् । सोनिकाले पनि यो कुरालाई स्वीकारेकी छिन् । उनले राम्री केटी पाए आफू विवाह गर्ने समेत बताएकी छिन् ।