झापा-मंगलबार साँझ मेचीनगर–४ स्थित पाथीभरा टोलका राजकुमार माझीको घरमा आगलागी हुँदा रु. नौ लाख बराबरको क्षति भएको छ ।

यस्तै, झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागी बाट अन्नपात, लत्ताकपडा, नगद रु २० हजार लगायत घरको पुरै सामान जलेर नष्ट भएको छ । दुई स्थानमा गरि रु. १२ लाख बरारबको क्षति भएको जनाईएको छ ।