त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ । पहिले जस्तो धेरै सामान लिगेर आउन नपाउने भएको छ । सरकारको झिटिगुन्टा आदेश अनुसार मात्र सामान ल्याउन पाउने विमानस्थल भन्सार प्रमुख चुँडाराज सापकोटाले बताए ।

कतिपय सामानहरु ल्याउनै पाउदैन, कतिपय भन्सार तिरेर मात्र ल्याउन पाइन्छ । ‘विदेशबाट आउँदा घरमा केही सामान लिएर फर्किने मन सबैलाई हुन्छ,’ ‘कानुनअनुसार ल्याउनुभयो भने समस्या पर्दैन ।’ भन्सार प्रमुख सापकोटाले भने ।

भन्सारबाट ल्याउन पाउने सामानहरु यस्ता छन ।
विदेशबाट महंगा र ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने समस्या हुनेछ । विदेशबाट
१. जम्मा १ लिटर सम्म रक्सी ।
२. ल्यापटप/कम्प्युटर/ट्यावलेट १/१ ।
३. घडी,सेलुलर-मोबाइल फोन, पेन ड्राइभ १/१ ।
४. क्यमेरा, भिडियो क्यमेरा १/१ ।
५. बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा भन्सार तिर्नुपर्दैन ।
६. वैदेशिक रोजगारीमा कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी गोटा १ ल्याउन पाउँछन् ।
७. नयाँ मोबाइल थान १ ल्याउन पाईन्छ ।
८. विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्वन्धित डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामाग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १/१ थान जस्ता सामानहरु ल्याउन भन्सार लाग्दैन ।
९. निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनकासामग्री ल्याउन भन्सार लाग्दैन ।
१०. औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुट छ ।
११. सात के.जि.सम्म खाद्यवस्तुमा भन्सार शुल्क लाग्दैन ।

भन्सार तिर्नुपर्ने सामनहरु,
१. म्यूजिक/भिडियो प्लेयर १ थान ।
२. रेफ्रिजेरेटर, वासिङ मेशिन १/१ थान ।
३. पंखा, रेडियो  १/१ थान ।
तर, यसमा समदरमा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ ।
४. ३२ इन्चभन्दा ठूलो टिभी ल्याएमा इन्च अनुसार भन्सार महशुल तिर्नुपर्छ तर एउटा भन्दा बढी टिभी भन्सार तिरेरै पनि ल्याउन पाइँदैन ।
५. १० किलोग्रामसम्म खाद्य सामग्री ल्याउन पाइन्छ तर तोकिएको भन्सार भने तिर्नुपर्छ ।
६. १५ पिस लुगाफाटा, जुत्ता, कस्मेटिक्स लगायतका सामान ल्याउन पाईन्छ तर ४० प्रतिशतसम्म भन्सार तिरेर ल्याउन सकिन्छ ।
७. व्यवसायिक पेशामा लागेका व्यक्तिहरुले दक्षता वृद्धिका लागि आवश्यक पर्ने सामान २/२ थानसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन सकिन्छ ।
८. चुरोट दुई सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाईन्छ ।
९. भान्छामा आवश्यक सामानहरु २/२ थान सम्म ४० प्रतिशत भन्सार तिरेर ल्याउन पाईन्छ ।
१०. १०० ग्रामसम्म काँचो सुन कर तिरेर ल्याउन पाईन्छ ।
५० ग्राम सम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँ तिर्नुपर्छ,
५० ग्रामभन्दा बढी सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । सय ग्रामभन्दा बढी सुन ल्याएमा, ठूलो परिमाणमा सुनको गहना लगाएर आएमा जफत हुन्छ ।