काठमाडौँ — ‘जोडौं जोडौं लाग्छ घर’ बोलको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ । गायिका एवं गीतकार देशु गोलेको गीत उनको आफ्नै युट्युब च्यानल ‘देशु गोले इन्टरटेनमेन्ट’मार्फत् सार्वजनिक गरिएको हो ।

 

समाजसेवीका रुपमा समेत चिनिएकी देशुले लाहुरे परिवेशलाई समेटेर गीत बनाइएकी हुन् । गीतकार स्वयम् लाहुरे परिवारकी हुन् । करिब डेढ दर्जन जति गीत रेकर्ड गरिसकेकी देशुको यो सातौं भिडियो हो ।

 

नेत्र किरातीको निर्देशन, अर्जुन पोखरेलको संगीत दिएको यो भिडियोमा, आरुषी मगर र कागिस श्रेष्ठको अभिनय र मनिस श्रेष्ठले कोरीयोग्राफी गरेका छन् । एवान रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा क्यामेरा र सम्पादनको भूमिका ओम प्रसाईले निभाएका छन् ।