पछिल्लो समय महानायक राजेश हमाल एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’ बाट निकै चर्चामा आइरहेका छन् । उनले अहिले को बन्छ करोडपति’ शो सञ्चालन गरिरहदा बचेको समयमा महानायक राजेश हमालले सामाजिक सेवामा पनि लागेका छन् ।

 

यसैक्रममा महानायक राजेश हमालको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । जिन्दगीको नियम घाम छाँया अनि आफ्नो अस्तित्व खोजी गर्दै पानी जस्तै बग्नु पर्ने यथार्थलाई गीतमा देखाइएको छ । सौराहाको सुन्दर दृश्यमा कैद गरिएको गीतको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् ।

 

महानायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई फिचर रहेको जिन्दगि भिडियो सार्वजनिक भएको हो । यो भिडियो राजेश हमाल र मधु भट्टराईको पहिलो म्युजिक भिडियो हो ।

 

सुनिल सिंह ठकुरीको स्वर रहेको यस भिडियोमा राजेश र मधु निकै रोमान्टिक देखिएका छन् । यस गीतमा सुनिल सिंह ठकुरीकै संगीत र हिरादेवी श्रेष्ठको शब्द रहेको छ । यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निर्देशन दशरथ सुनारले गरेका हुन् ।