गण्डकी प्रदेश- बुधबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले माघे संक्रान्तीका दिन सार्वजनिक बिदा गर्ने घोषणा गरेको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए।

यो पर्ब मगर र थारु जाति लगायत धेरै समुदायले मनाउछन । २४ लाखभन्दा बढी जनसंख्या मध्ये मगर १८ प्रतिशत रहेको यो प्रदशेमा मगर जाति ४ लाख ५२ हजार ५ सय ९० र थारु ४१ हजार १ सय ५९ रहेकाा छन ।


यसअघि गण्डकी सरकारले गुरुङ जातिको पर्व लोसारको अवसर पुस पन्ध्रमा पनि बिदा दिएको थियो तर संघीय सरकार मातहतका सरकारी कार्यालय र निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले प्रदेश सरकारको निर्णय अस्वीकार गरेका थिए।