बुधबार, भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सृजनानगरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्। सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नम्बरको मोटरसाइकल दुर्घटना हो ।
मोटरसाइकल तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटना भएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


दुर्घटनामा परि मृत्यु हुनेमा भक्तपुर, चाँगुनारायण न.पा.-४ का २९ वर्षीय सहिद तामाङको रहेका छन भने भक्तपुर, चाँगुनारायण न.पा.-४ का २७ वर्षीय शेरबहादुर तामाङ घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।