एजेन्सी -स्कूलको आफ्नो दिन कसलाई याद हुँदैन र ! तपाई हामी पनि हिँडेर या बस, मोटरसाइकल वा साइकल चढेर स्कूल गएका छौं । अहिले पनि यस्तै नै छ । तर, भारतकी एक विद्यार्थी दिनहुँ घोडा चढेर स्कूल जान्छिन्। हावाको गतिमा दौडी रहेको छ, घोडा अनि यस माथि सवार छिन् एक स्कूलकी छात्रा ।

 

केही दिन अगाडी देखि यो भिडियोलाई सामाजिक संजालमा निकै हेरिएको छ । यि छात्राको नाम सिए कृष्णा हो । केरेलाको एक स्कूलमा १० कक्षामा अध्ययन गर्दै गरेकी यि छात्रा आफ्नो बोर्डको परिक्षा दिनको लागि घोडा चढेर स्कूल तर्फ लागि रहेको यो भिडियोले हर कोहीको ध्यान तानेको छ ।

 

कृष्णाको स्कूल र घरबीच करिब साढे तिन किलोमिटरको दुरी छ । यो दुरी पार गरेर स्कूल जान र फर्किन उनी घोडाको सवारी लिन्छिन् । सानै उमेरमा यसरी घोडदौडमा यिनको रुचि थियो । कृष्णाका पिता पुजारी हुन् ।

 

पिताले कृष्णालाई ११ वर्षको उमेरमा पहिलो घोडा उपाहार दिएका थिए भने दोस्रो घोडा १० कक्षामा जादै गर्दा पाएकी थिइन । उनी सँग अहिले दुई वटा घोडा छन् । कहिले काहीँ र विशेषगरी परिक्षाको दिनहरुमा उनी घोडा चढेर थ्रीसूर सहरको बाटो तूफान जसरी स्कूल पुग्ने गर्छिन् ।

 

 

A class 10 student is going viral on the internet after a video of her riding a horse to school was posted on Twitter. Anand Mahindra called the girl his hero and said he wanted a picture of the horse and the student as his screensaver.

 

According to a now viral tweet, the girl was spotted on the roads of Thrissur galloping on a horse trying to reach her exam centre.

 

In the viral video, one can see the girl riding a white horse dressed in her school uniform with her schoolbag on her back.

 

According to a Twitter user, the girl’s name is CA Krishna and her horse is Ranakrish, “She is Krishna from Trissur and along with her is ‘Ranakrish’ ! Her horse.”

 

१. भिडियो

 

२. भिडियो

 

एक लेखापालको ४ श्रीमती, ६ करोड सम्पत्ति

यातायात व्यवस्था कार्यालय सवारी शाखा कोशीका लेखापाल सुरेश अधिकारीले १६ वर्षे कार्यकालमा पाँच करोड ९८ लाख रुपैयाँ आर्जन गरेको भेटिएको छ। उनले कमाएकाे मध्ये ८८ लाख रूपैयाँ मात्र बैध हाे।

 

२०५९ देखि जागीर खान थालेका अधिकारीले २०७५ सम्म बैधानिक रुपमा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको बाँकी अबैध ढंगले कमाएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएको छ।

 

२०५९ देखि २०६० सम्म एक वर्ष रोल्पाको तेवाङ्गमा गाविस सचिव रहेका अधिकारी २०६० देखि २०६५ सम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ को पदमा कार्यरत थिए ।

२०६५ चैतमा निजामती सेवाको लेखापाल पदमा नयाँ नियुक्ति भई कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरमा दुई वर्ष तथा २०६७ देखि २०७४ वैशाखसम्म यातायात व्यवस्था कार्यालय कोशी इटहरीमा लेखापालको पदमा कार्यरत रही २०७४ वैशाख ६ मा निलम्बनमा परेका थिए।

 

उनको २०५९ असोजदेखि २०७५ वैशाख मसान्तसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा निजले तलवभत्ता, प्रोत्साहन भत्ता, जग्गा विक्री, नगद अंश भर्पाइ, कर्जा लगायतबाट जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको अख्तियारले जनाएको छ।

 

सोही अवधिमा निजले आफू र श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ लगायत सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा ५ करोड ९८ लाख ६८ हजार पाँच सय आठ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अध्ययनले देखाएको छ।

 

उनले कमाएको रकममध्येको पाँच करोड १० लाख ३३ हजार छ सय २३ रुपैयाँ बराबरको भागको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

सो आम्दानीको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको ठहर गर्दै अधिकारी उपर स्रोत नखुलेको रकम विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

 

यस्तै, निजका श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ, सासू पुष्प कुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतलाई प्रतिवादी कायम गरी विशेष सोमबार विशेषमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।