प्यारो छोरा,
तिमीलाइ यि गहभरीका ऑसु लुकाएर संसार भरीको सबैभन्दा न्यानो माया अनि मिठो सम्झना…‍
यहॉ मलाइ सन्चै छ त्यहॉ तिमीलाइ पनि सदैब आराम रहोस् भनी उनै भगवान संग दिनानुदिन पुकारा मागीरहेकी छु…

नाति नातिना कत्रा भए, बुहारी त माइत गैसकिन होला, अलिक ज्यान को ख्याल गर्नु है बाबु…ति माली गाई ले दुध दिन्छिन् कि दिन्नन…?दुध दुहुने बेलामा सधै बोटुको समातेर बस्थ्यो त्यो नाति अचेल खान्छ कि खादैन…?,कर गरेरै भए पनि खान लागाउनु। त्यो घरमुनी को बोटमा मेवा ताछ्नै नमिल्ने गरि पाके होलान् , त्यसलाइ बिचमा काट्नु अनि चम्चा ले बच्चालाई खुवाउनु र आफु पनि खानु, त्यसले धेरै फाइदा गर्छ।म धेरै सम्झिरहेकी हुन्छु, सायद तिमी पनि सम्झिरहेका होलाउ तर फरक यति मात्र हो कि तिमी मेरा श्रीमान् यानकी तिम्रा स्वर्गीय बुबा को पसिना मिश्रित घरबाट तिम्री श्रीमती लाई, अनि म यो आलिसान बृद्ध आश्रम बाट तिमिलाइ।

थाहा छ छोरा…? ती बुहारी ले मेरो पेट्मा खुट्टा बजारेको सम्झेर म कत्ती पनि दुखी बनेकी छैन, किनकि मैले सोचेको छु तिनी उनैकि श्रीमती हुन जसलाई मैले गर्भमा राख्दा त्यसैगरी लात बजार्थ्यो अनि म दुखाइ को पर्बाहा नगरी खुशी ले गदगद हुन्थे।

भयो छोडौ पुरानो कुरा,
सुन्दै छु माता औंसि नजिकिदै छ अरे,यहॉका मेरा साथीहरू खुशी हुदै मलाई सुनाउदै थिए । सायद फुर्सद मिल्यो भने त्यो दिन तिमी पनि आउछौ होला मलाइ भेट्न। म त्यो दिन बिहानै नुहाइ धुवाइ गरेर तिम्रा बाबा ले मर्नु भन्दा अगाडि किनिदियको नयॉ लुगा लगाएर बस्ने छु किन कि मलाई थाहा छ त्यो दिन तिमिले म संग एउटा फोटो खिच्ने छौ अनि तिम्रो फेसबुक मा राख्ने छौ। तर बिन्ती छ छोरा यो पाली आउदा बुहारी को आल्मारी बाट कुनै धोती न झिकिदिनु है, सुनेको थे पोहोर को साल त्यसैले गर्दा तिमीहरुको झगडा भयो रे…

मेरो लागी कुनै मिठाइहरु पनि ल्याइदिनु पर्दैन , मात्र मेरो छोराले मेरो मुहार ठाडो शिर गरेर हेरोस , म त्यसमै खुशी छु। बरु सक्छौ भने बिच कोठामा झुन्ड्याएको त्यो सानो छदा तिमीलाइ बुबु खुवाउदै गरेको तस्बिर अनि मुल ढोकामा रहेको तिम्रा बुबा को तस्बिर ल्याइदिनु है…

अनि समय छ भने त्यो तीन हात घडेरी को तिम्रो नाउँमा नामसारी को कागज पनि बनाएर ल्याउनु म सहिछाप गरिदिन्छु। म सोही दिनको प्रतीक्षा मा तिमी आउने बाटोमा यी ऑखा बिछ्याइरहेकी छु।
उही तिम्रो हित चाहाने, इस्वर, भक्तिमा रमाउदै काल पर्खिरहेकी तिम्री आमा।

यो एक दिनको नाटक मन्चन गर्नु आवस्यक छैन तर माया तथा भरोसा को कमी नहोस् साथै संसारका कोही पनी आमाबाबुले वृद्धाश्रम बस्नु नपरोस ।