कतिपय देशमा पाइलटहरुलाई ककपिटमा सुत्नका लागि अनुमति दिइएको हुन्छ । सामान्यतः लामो उडानमा त्यस्तो गर्ने गरिन्छ, जहाँ ३ या ४ जना पाइलटहरु हुन्छन् । अमेरिकाको सन्दर्भमा कम्तिमा दुईजना पाइलट जागेको अवस्था हुनुपर्छ । त्यो स्थितिमा अन्य एक वा दुईजना पाइलट सुत्न सक्छन् ।

 

रातभरि चल्ने प्लेनमा कम्तिमा एकजना पाइलट जागा रहेको अवस्थामा अर्को सुत्न सक्छ । जस्तो कि पिसाव लाग्यो भने उसले अर्को पाइलटलाई छाडेर ट्वाइलेट जान सक्छ । यसबाट अनुमान गरिन्छ कि प्लेनमा एकभन्दा बढी पाइलट जागा हुनैपर्छ ।

 

आजभन्दा ५ महिना अगाडि गार्जियनले लेखेको एक समाचार अनुसार अष्ट्रेलियामा डेभेनपोर्ट तस्मानियादेखि बास स्ट्रेटको किङ आइसल्याण्डका लागि उडेको जहाजका पाइलट निदाउँदा प्लेन गन्तव्यभन्दा ४६ किलोमिटर टाढा पुगेको थियो ।