काजल अग्रवाल एक भारतीय चलचित्र अभिनेत्री हुन । उनी प्रायजसो तेलुगु चलचित्रमा काम गर्छिन भने तमिल र हिन्दी चलचित्र क्षेत्रमा पनि उनको प्रवेश भइसकेको छ । उनले सन् २००४ मा बलिउड चलचित्र क्युं हो गया ना बाट आफ्नो अभिनय सुरूवात गरेकी थिइन् ।

 

दक्षिण भारतीय (साउथ इण्डियन) चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो – काजल अग्रवाल । साउथ फिल्म हेर्ने तर काजल अग्रवाललाई मन नपराउने दर्शक सायदै होलान् । उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल छिन् ।

 

उनले प्रायजसो तेल्गु चलचित्रमा अभिनय गरेकी छिन् भने तमिल र हिन्दी चलचित्र क्षेत्रमा पनि उनको योगदान अतुलनीय रहेको छ । सन् २००४ मा आएको बलिउड चलचित्र ‘क्युं हो गया ना’ बाट उनले आफ्नो अभिनय यात्राको सुरूवात गरेकी थिइन् । उनका हिन्दी चलचित्रमा ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ सुपरहिट छन् । त्यस्तै उनले अभिनय गरेका दक्षिण भारतीय चलचित्र ‘मगधिरा’, ‘थुप्पाकी’, ‘चन्दा मामा’ चर्चित छन् ।

 

काजलले पहिलो पटक २००४ मा क्यूँ! हो गया ना… नामको हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन । उनले फिल्ममा व्यास बहिनी रूपमा एउटा सानो भूमिकामा खेलेकी थिइन । फिल्ममा अभिताभ बच्चन, ऐश्वर्य र विवेक ओबराय पनि थिए । पछि तामिल फिल्म निर्देशक भरतराजाकाे बोम्मलत्तममा अर्जुन सरजा संग काम गरेका थिइन।

 

काजल पहिलो तेलुगु फिल्म तेजा को लक्ष्मी कल्याणममा कल्याण राम संग मुख्य पात्रका रूपमा २००७ मा काम गरेकी थिइन । तर फिल्म कमाइ गर्न असफल भयो। अर्को वर्ष, कृष्ण वन्सी निर्देशित फिल्म निर्देशित फिल्म चन्दामामा में यह दिखाई दी को राम्रो समीक्षा साथै आफ्नो पहिलो हिट स‌गै उनको फिल्मी करियर अगाडी बढ्यो ।

 

२००९ मा काजलको चार चलचित्र प्रदर्शन भयो । त्यसपछी बिस्तारै उनले सफलता पाउदै गइन । उनले तेलुगु फिल्ममा सर्वश्रेष्ठ अभिनेत्री श्रेणीमा फिल्मफेयर हात पारिन । मगधिरा उनको अति धेरै व्यापार गर्न सफल चलचित्र बन्यो । यो तेलुगु फिल्म भाषाको उच्चतम कमाउने शीर्ष चलचित्र बन्यो ।