प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ। प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन्।

 

सरकार को नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए ।
लगत्तै काग्रेसका सांसदहरुले प्रश्न गरे ।

 

जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरे ।

लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाए। सभामुखले ध्यानाकर्षण भएको बताए तर, रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिए ।

 

त्यसपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चल्यो ।

रोष्ट्रमबाट प्रधानमन्त्रीले भने, रेकर्ड खोलेर सुनियोस् ।’ जवाफमा कांग्रेस सांसदहरुले चुनौती दिए ।
प्रधान मन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गरे ।
कांग्रेस सांसदहरुको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले जवाफ दिए ।

 

प्रधानमन्त्रीबीच सवालजवाफ बढ्दै गएपछि बैठक तनावपूर्ण बनेको थियो । सभामुख कृष्णबहादुर महराले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले निरन्तर विरोध जारी राखे ।

कांग्रेस सांसदको विरोधका कारण बहुमतले बैठकमा नीति तथा कार्यक्रम पारित गरिएको छ ।