काठमाडौं -तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गावि स सुनगाभाचोककी वासिन्दा हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।

 

उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रशारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन् । उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरिलाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन् ।

 

भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’को तेस्रो सिजन जितेर चर्चामा आएकी नेपाली डान्सर तेरिया मगर त्यतिबेला सानै थिइन् । मात्रै १४ वर्षको उमेरमा यो रियालिटी शो जितेपछि उनी निकै चर्चामा आइन् ।

 

लगत्तै उनी भारत र नेपालका विभिन्न ठूला स्टेज कार्यक्रममा सहभागी हुने अवसर पाइन् । चर्चा बढेसँगै उनी लगत्तै अर्को रियालिटी शो ‘झलक दिखला जा’मा पनि सहभागी भइन् । यो रियालिटी शोको ९ औं सिजनकी समेत विजेता बनेकी तेरिया अहिले भारतमै सक्रिय छिन् ।

 

रुपन्देहीको रुद्रपुरकी तेरियालाई नेपाली भएकै कारण नेपालबाट ठूलो माया दिइन्छ । अहिले तेरिया १८ वर्षकी भएकी छिन् । उमेर बढेसँगै उनी झनै सुन्दर हुँदै गएकी छिन् । उतिबेलाकी फुच्ची तेरिया अहिहले जवान र निकै हट भएकी छिन् ।

 

हेर्नुहोस् तेरियाका ३० सुन्दर तस्बिरहरु: