सन्सारभर लोकप्रिय बन्दै गएको निलो जिन्सको कपडामाथी उत्तर कोरियामा भने प्रतिबन्ध गरिएको छ । यदी कुनै व्यक्तिले नीलो जिन्स लगाएको भेटिएमा श्रम शिविरमा कठोर श्रम गर्नुपर्ने सजाय भोग्नु पर्ने हुनसक्छ । अन्य रङ्गको जिन्सहरु भने प्रयोग गर्न पाईन्छ । 

जापान संसारकै सबैभन्दा विकसित र सम्पन्न देश मध्ये एक हो । तर त्यहाँको समाज विकासको अनुपातमा खुला र उदार सोचको छैनन । हो, अचम्म लाग्न सक्छ सन् २०१५ अघि जापानमा आधी रातपछि सार्वजनिक ठाउँमा नाच्न पाइँदैनथ्यो । 

यो सरकारी प्रतिबन्धका विरुद्ध त्यहाँका प्रसिद्ध संगीतकार रुइची साकामोतोले अभियान नै चलाएका थिए । अन्तत: उनको अभियान सफल भयो र सरकारले रात्रिकालीन नृत्यमा लगाइएको प्रतिबन्ध फुकुवा गर्‍यो । अहिले जापानका  क्लबहरूमा रातभरि नाच्न–गाउन पाइन्छ तर यसका लागि लाईसेन्स हुनुपर्छ ।