प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले दैनिक भ्रमण भत्ता खर्च सार्बजनिक गर्‍यो, सबैभन्दा कम खर्च गर्नेमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगर

प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले दैनिक भ्रमण भत्ता खर्च सार्बजनिक गर्‍यो, सबैभन्दा कम खर्च गर्नेमा सामाजिक विकास मन्त्री नरदेवी पुनमगर

इ-परेवा

@Eparewa

२०७५ पुस २६ गते बिहिबार १२:४७

पोखरा-गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ५ महिनामा मन्त्री तथा उनीहरूका स्वकीय सचिवले बुझेको दैनिक भ्रमण भत्ता सार्वजनिक गर्‍यो । मन्त्री र स्वकीय सचिव प्रदेश...

पोखरा-गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बुधबार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ५ महिनामा मन्त्री तथा उनीहरूका स्वकीय सचिवले बुझेको दैनिक भ्रमण भत्ता सार्वजनिक गर्‍यो ।

मन्त्री र स्वकीय सचिव प्रदेश राजधानी रहेको कास्की जिल्लाभन्दा बाहिर जाँदा दैनिक भ्रमण भत्ता पाउँछन । एकरात बास बस्नु परेमा मुख्यमन्त्रीले ३ हजार, अरू मन्त्रीले २५ सय र स्वकीय सचिवले १६ सय रुपैयाँ पाउँछन । बेलुकी फर्केमा त्यसको एक तिहाईमात्रै भत्ता पाउने व्यवस्था छ ।

यस अनुसार सबैभन्दा बढी मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले १ लाख ३७ हजार २ सय ५० रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन्, उनको स्वकीय सचिव सूर्यप्रसाद गुरुङले २६ हजार ४ सय रुपैयाँ ।
भौतिक पूर्वाधार विकास मन्त्री रामशरणले बस्नेतले ९६ हजार ६ सय ५० रुपैयाँ, उनको स्वकीय सचिव निर्मल गुरुङले ५१ हजार २ सय रुपैयाँ ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ९६ हजार ८ सय ७५ रुपैयाँ, उनको स्वकीय सचिव रोमाकान्त पोखरेल ४७ हजार ६ सय रुपैयाँ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले ७४ हजार ३ सय ७५, उनको स्वकीय सचिब खुमबहादुर विक ४७ हजार ६ सय रुपैयाँ ।


भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले ४८ हजार ९ सय ७५ रुपैयाँ, उनको स्वकीय सचिब भरत खनालले ३० हजार ८ सय रुपैयाँ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ५३ हजार ६ सय २० रुपैयाँ, उनको स्वकीय सचिव किशोर सापकोटाले ३७ हजार ९ सय ८५ रुपैयाँ ।
सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले जम्मा २० हजार रुपैयाँ, उनको स्वकीय सचिव वेगप्रसाद गर्वुजाले सबैभन्दा कम जम्मा ९ हजार २ सय रुपैयाँ बुझेका छन ।

प्रकाशित मिति २०७५ पुस २६ गते बिहिबार १२:४७
प्रतिक्रिया दिनुहोस