बीबीसी- भारतको राजस्थानको अलवर जिल्लामा एक दलित दम्पत्तिलाई बाटो छेकेर एकान्तमा लगियो र श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको छ।

 

श्रीमानकै अगाडि श्रीमतीलाई सामुहिक बलात्कार गरिएको भिडियोलाई भाइरल बनाइएको छ। भिडियो भाइरल भएपछि दलित संगठनले प्रदर्शन गरेका छन्। प्रहरीले बलात्कारको अभियोगमा एकजनालाई पक्राउ गरेको छ भने अन्य चार जनाको खोजी गरिहरेको छ।

 

लापरवाही गरेको अभियोगमा एसएचओ सरदार सिंहलाई पनि निलम्बन गरिएको छ। प्रहरीले कयौं दिनसम्म यो घटनालाई दबाएर राखेको दलित संगठनले आरोप लगाएका छन्। उक्त घटना २६ अप्रिलको भएको बताइएको छ।

पीडित दम्पत्तिले सुरुमा घटना सार्वजनिक गर्न सकेननन्। यदि बलात्कार बारे बाहिर भने भिडियो भाइरल बनाइदिन धम्की दिइएको थियो। यद्यपी पछि उनीहरुसँग पैसा माग गरियो। पैसा दिन नसकेपछि भिडियो भाइरल बनाइयो। दलित संगठनले बलात्कारीले श्रीमतीको भिडियो बनाउँदा श्रीमानलाई भने पिटिरहेका थिए।