७ पुसमा तुलसीपुर-३ राम्री नजिक बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भयो, अधिकांश मृतक घोराही कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका छात्रछात्रा थिए । त्यस घटनामा १५ जना घाइते भएका थिए । यो यस आर्थिक बर्षको मंसिर मसान्त सम्म भएको सडक दुर्घटनाको एक उदाहरण मात्र हो ।

यो वर्ष साउन देखि मंसिरसम्ममा देशभर सवारी दुर्घटनामा १ हजार १७६ जनाको मृत्यु भयो। यसले औसत दैनिक ८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको देखिन्छ ।

यो आर्थिक बर्षमा ५ हजार ४०४ सवारी दुर्घटनामा ८ हजार ८४६ वटा सवारी साधन क्षतिग्रस्त भए । जसमध्ये ५ हजार १५४ (९५.३%) दुर्घटना चालकको लापरवाहीका कारण भएको प्रहरी रेकर्डले जनाउछ ।

मंसिर मसान्तसम्म ३,५२८ मोटरसाईकल दुर्घटना भयो । बस, कार, जिप, माईक्रो, ट्रयाक्टर आदि सवारी साधन गरि ५,३१८ दुर्घटना भयो । जसमा २५३ महिला र ९२३ पुरुष (बालबालिका सहित) मृत्यु भएको देखिन्छ ।

पछिल्लो ५ बर्ष ५ महिनामा काठमाडौं उपत्यकामा मात्र १.२४ अर्ब रहेको छ । मादक पदार्थ सेवनमा कारबाही पर्नेको संख्या उस्तै छ ।

अघिल्लो बर्षहरुको तथ्यांक हेर्ने हो भने यो बर्ष झनै दुर्घटनामा वृद्धि भएको देखिन्छ । यस्तो भयावह स्थिति न्यूनीकरणको लागि हालसम्म कुनै ठोस पहल भएको देखिदैन । तिब्र गति, मादक पदार्थ सेवन, अन्य सडक नियमको पालनामा ध्यान नदिनु, बढ्दो सवारी चाप, जनजीवनको आवश्यकता सङै बढेको साना सवारीसाधनको वृद्धि, नियम कानुनको कमचोर कार्यन्वयन यस्का मुख्य कारणहरु रहेका छन ।