नाबालकलाई पनि किन लाग्छ जबर्जस्ती करणीको अभियोग? कति वर्ष पार गरेपछि जबर्जस्ती करणीको हदमा पुग्छ मानिस? यी र यस्तै प्रश्नहरु धेरै आउँछन्, जब नाबालक बलात्कारी ठहरिन्छ।

 

बाल मनोविज्ञानको भाषाअनुसार किशोराबस्था लागेपछि विपरित लिंगप्रति आकर्षित हुन्छन्। तर यहाँ त नाबालकमाथि जबर्जस्ती करणीको अभियोगै लाग्न थालेको छ।

 

एक सरकारी तथ्यांकले १० वर्ष मुनीका बालकहरुलाई पनि जबर्जस्ती करणीको अभियोग लागेको देखाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा सीमा तामाङले लेखेकी छन्। चालु आर्थिक वर्षमा १० वर्षमुनीका चार र १६ वर्ष मुनीका ८३ बालकमाथि जबर्जस्ती करणीको अभियोग लागेको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ।

 

बाल मनोविज्ञका अनुसार नाबालक पनि यस्तो अभियोगमा पर्नुको कारण तिनीहरु हुर्कने वातावरण र परिवारमा हुने व्यवहारको असर हो। नेपाली समाजमा ९-१० वर्षसम्मका सन्तानलाई पनि सँगै सुताउने चलन छ।

बालबालिका सँगै सुतेको बेला आमा बाबुले गर्ने यौनक्रियाकलापले बालबालिकामा कस्तो असर पर्छ भन्नेमा अभिभावक सचेत नभएका मनोविद् करुणा कुँवर बताउँछिन्।

 

उनका अनुसार बच्चालाई दुई वर्षदेखि अर्को बेडमा सुताउने र तीन वर्षको उमेरदेखि अर्कै कोठामा सुताउनुपर्छ। त्यो उमेरका बालबालिकाले हेरेर नै सिक्ने चएकाले देखेको नक्कल गर्छन्।