एजेन्सी : कहिलेकाही यस्तो घटना सार्वजनिक हुन्छ की त्यो योजनाबद्ध थियो वा संयोगबस भन्ने जिज्ञासा नै उत्पन्न हुने गर्छ । यस्तै भयो अमेरिका स्थित एक स्कुलमा । कन्सास राज्यमा रहेको ओक स्ट्रीट स्कुलमा अध्यापन गराउने ७ जना शिक्षिकाहरु एकसाथ गर्भवती भएका छन् ।

 

सो स्कुलमा १४ शिक्षिका रहेकामा आधारले मातृत्व अवकास लिएका छन् भने बाँकी रहेका ७ जना पनि एकसाथ गर्भवती भएपछि यसले निकै रोचकताका साथ हेरिएको हो । यस्तो कसरी सम्भवत भयो ? के यो योजनाबद्ध तरिकाले भएको थियो ? यस्तै सोचिन्छ तर शिक्षिकाहरु अनुसार यो एउटा संयोग मात्र हो ।

 

क्याटी नाम गरेकी शिक्षिकाले यो योजनबद्ध तरिकाले नभई मात्र संयोग भएको बताएकी छिन् । गर्भवती हुने शिक्षिका एक जना एक सन्तानको आमा समेत बनिसकेकीछिन् । उनी आफुसंगै कार्यरत रहेका अन्य शिक्षिकाहरु पनि एकसाथ गर्भवती भएपछि निकै उत्साहित भएको बताउँछिन् ।

 

यता स्कुलकी प्रिन्सिल एश्ले मिलरका अनुसार २० बर्षको करियरमा यस्तो घटना कहिल्यै नदेखेको बताउँछिन् । ७ जना शिक्षिकाहरु एकसाथ गर्भवती भएको कुरा सार्वजनिक भएपछि उनी छक्क परिन् । जसमा एक जना शिक्षिकाले त जुम्याहा जन्माउन लागेको उनको भनाई छ ।

 

स्कुलका ७ शिक्षिका एकसाथ गर्भवती भएपछि अमेरिकामा यो खबरलाई जोक्सको रुपमा सामाजिक सञ्जालमा इन्जोइ गरिरहेका छन् । उनीहरुले अब उक्त स्कुलको पानी कसैले पनि नखाने भन्दै हाँसो गरिरहेका छन । अब ७ जना शिक्षिकाले पनि मातृत्व अवकास लिने र उनीहरुको स्थानमा अन्यलाई ल्याउने प्रिन्सिपल बताउँछिन् । एजेन्सीको सहयोगमा

 

भिडियो हेर्नुहोस