काठमाडौं – गायक नारायण थापाको गीत ‘लेख्या माया पाइएन’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् ।

 

भिडियोमा मोडल अञ्जली अधिकारीको अभिनय रहेको छ । अञ्जलीलाई कमल सिं र एञ्जिला कार्कीले अभिनयमा साथ दिएका छन् ।

 

भिडियोमा वैँशालु उमेरमा हुने प्रेम र रोमान्सलाई नजिकबाट केलाइएको छ । आभुषण इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

 

भिडियो हेर्नुहोस