चर्चित एबम लोकप्रिय गाएक रामकृष्ण ढकालको नयाँ गीत ‘वेदको अक्ष’ सार्बजनिक भएको छ । उक्त गीतमा रामकृष्ण ढकाल र मेनुका पौडेलको सयुक्त स्वर रहेको छ । बिबि थापाको शब्द र दीपक सिलवालको संगीत रहेको गीतको लिरिकल भिडियो समेत तयार भैसकेको छ ।

नेपाल आइडल सिजन–१ मा सेलिब्रिटी गेष्टका रुपमा पुगेका गायक ढकालले प्रतिस्पर्धि मेनुकाको प्रतिभा देखेपछि उनिसंग गीत गाउने बताएका थिए ।

मेनुकाले “नेपाल आइडलमा” टप ११ सम्म पुगेकी थिइन् भने भारतको चर्चित रियालिटी शो “सारेगमप” मा पनि उत्कृष्ट ११ सम्मको यात्रा तय गरेकी थिइन् ।