१. सेक्स के हो ?
दुई प्रेमजोडीहरु बीचको मायाको रङ हो ।
२. कुन उमेरको मान्छे बढी सेक्सी लाग्छ ?
उमेर जति पनि हुनसक्छ, मन भने मिल्नुपर्यो ।
३. सेक्सी लाग्ने नायक ?
सौगात मल्ल सेक्सी लाग्छ ।
४. आफूसँग १०० मा कति प्रतिशत सेक्स पावर छ भन्ने लाग्छ ?
७५ प्रतिशत ।

 

५. कस्तो स्थानमा सेक्स गर्न मन लाग्छ ?
ठ्याक्कै यहीँ भन्ने हुन्न । समय र परिस्थितिमा निर्भर हुन्छ ।
६. कस्तो समय बढी रुचाउनुहुन्छ ?
मलाई सेक्स त रातिको समयमै मनपर्छ ।
७. सेक्ससम्बन्धी ज्ञान लिन के गर्नुहुन्छ ?
साथीहरुसँग कुरा गरेर नै हो ।

 

८. तपाईंको विचारमा नेपालीहरुलाई कत्तिको सेक्स गर्न आउँछ ?
मज्जाले आउँछ । सेक्स मात्र भन्ने हुँदैन, त्यहाँ माया पनि मिसिएको हुन्छ ।
९. मान्छेहरुलाई कति उमेरसम्म वैंशले छुन्छ होला ?
यतिउति भन्ने हुँदैन । तर यति भने हो, मान्छेको उमेर जति बढ्दै जान्छ, त्यति सेक्स पावर घट्दै जान्छ ।

 

शुक्रबार साप्ताहिक
प्रस्तुति : दिनेश शाही

बिहे भएको छैन, कन्या पनि छैन
गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्ति लगायतका कारण उनी चर्चामा आइरहन्छिन् । केही दिनअघि मात्रै ज्योति होटल सञ्चालक र कार्यक्रम आयोजकले आफूमाथि दूर्वयहार गर्यो भनेर भिडियो मार्फ जानकारी गराएकी थिइन् । उनको नीजि जीवनबारे जान्ने इच्छा धेरैलाई हुनसक्छ । जान्ने इच्छा हुनुपनि अस्वभाविक होइन । किनकी ज्योति एक ‘चर्चित’ गायिका हुन् । उनका हजारौं समर्थक छन् ।

 

यसैबीच, ज्योतिको विवाह भएको होला नहोला ? उनले यो प्रश्नको सामना कयौं ठाउँमा गरेकी छन् । उत्तर भने स्पष्ट रुपमा दिएको सुनिदैंन । आज भने उनले सबैलाई प्रष्टरुपमा यसको जवाफ दिएकी छन् । ज्योतिले आफ्नो विवाह नभएको बताएकी हुन् । तर, आफू ‘भर्जिन’ अर्थात कन्या भने नरहेकी खुलासा गरेकी छन् ।

 

सेक्स बिहे पछि मात्र होइन बिहे अघि गर्नु पनि राम्रो हो
छोटा पहिरन, वक्षस्थल देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्ज प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योती मगरको हकमा खास फरक पर्दैन । दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्टबाजीले ज्योती चर्चामै हुन्छिन् । उचाई, रुप, फिगरको हिसाबले ज्योती कुनै मोडल जस्ती लाग्दिनन् । तर हुन्छ उनकै चर्चा ।

 

मोडलका रुपमा ज्योती खोज्नेहरु पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भइ नै हाल्यो । मिठो स्वरकी धनी भएपनि ज्योतीको आवरण र कपडा लगाउने शैलीलाई बढि प्राथामिकता दिइन्छ । त्यसो त ज्योतीलाई धेरैले ‘हट एण्ड सेक्सी’ को ट्याग दिने गर्छन् । नेपाली फिल्म उद्योगमा

 

ज्योतीलाई को ‘हट एण्ड सेक्सी’ लाग्छ त ?
उनले आफूलाई नायिका माला लिम्बु र नायक सबिन श्रेष्ठ ‘हट एण्ड सेक्सी’ लाग्ने बताइन् । पछिल्लो पटक एउटा अनलाइन च्यानलमा अन्तर्वार्ता दिदै ज्योतिले मलेसियामा घटेको केहि बर्ष अघिको घट्नालाई कोट्याउँदै आफ्ना भनाइ राखेकी छन् । पत्रकारले सोधेको प्रश्नको उत्तर उनले खुलेरै दिएकी छन् ।

 

उनले पत्रकारसंग कुरा गर्दै सेक्स बिहे पछि मात्र होइन बिहे अघि गर्नु पनि राम्रो हो म त्यसलाई राम्रो मान्छु भन्दै खुलस्त पारेकी छन् । उनले नेपाली महिलाहरु निकै नि पिडित छन्, गर्व बाट बाहिर निस्किने बित्तिकै बलात्कार हुन्छन भन्दै नेपाली महिलाले भोग्नु परेको समस्यालाई निकै खुलेर बिरोध गरेकी छन् ।