एजेन्सी-बलिउड अभिनेता सलमान खानको फिल्‍म किक-२मा हिरोइन एकाएक फेरिएको छ। सुरुमा ज्‍याकलिन फर्नान्डीजलाई हटाएर उनको ठाउँमा अब दीपिका पादूकोणलाई राखिएको छ। फर्नान्डिजलाई सुरुमा राख्‍ने भनिए पनि स्क्रिप्ट तयार हुँदासम्‍म साजिदले दीपिकालाई हिरोइनको भूमिका दिएका छन्।

 

यो फिल्‍मको पहिलो भाग साजिद नाडियाडवालाले गरेका थिए। साथै उनले आउँदो वर्ष किक-२ ल्‍याउने समेत घोषणा गरेका थिए। यसअघि पनि दीपिका यो फिल्‍मको लागि फस्ट पार्ट किकको लागि अनुबन्धित भएकी थिइन्। तर समय नमिलेका कारण उनले काम गर्न पाएकी थिइनन्।

 

पावरफूल हुने दीपिकाको भूमिका
ज्‍याकलिनलाई दीपिकाले विस्थापित गरेपछि अब उनको भूमिका फिल्ममा थप शक्तिशाली हुने देखिएको छ।वा ज्‍याक्लिन र दीपिका पनि साथै देखिन सक्‍नेछिन्। यसअघि रेस-२मा पनि दीपिका र ज्‍याकलिन सँगै काम गरेका थिए।

 

सलमानको कुनै पनि फिल्‍म गर्दिन: फरहान
यता, फरहान अख्तरले आफू सलमान खानको कुनै पनि फिल्‍ममा काम नगर्ने बताएकी छिन्।उनले भनेकी छिन्, ‘ म एउटा रचनात्मक मानव हुँ। त्‍यसकारण रचनात्मक क्रिप्ट लेख्नेहरुसँग मात्र काम गर्छु। हामी धेरै भेटघाट हुँदा फिल्‍मका विषयमा चर्चा गरिसकेका छौ। तर अब म सलमान फिल्‍ममा कुनै पनिक काम गर्दिन।’ देेेश सञ्चार