गायिका सरस्वति लामाले एक करोड बढीको सम्पत्ति लिएर अर्कै पुरुषसँग बिहे गरेको खुलेको छ । सरस्वतिको पहिलो श्रीमान् धनबहादुर लामाले आफूले विदेशमा कमाएर पठाएको सम्पत्ति सबै लिएर सरस्वति अर्कैसँग हिँडेको निवेदन प्रहरीमा दिएपछि यो तथ्य खुलेको हो ।

 

बि.स.२०६४ सालमा काभ्रेपलाञ्चोक मादनकुडारीका धनबहादुर लामाले सस्वतीसँग प्रेम विवाह गरेका थिए । वैदेशिक रोजगारीका लागि उनी ०७१ सालमा युएई गएका थिए । आफू ले कमाएको सबै पैसा उनले श्रीमतीलाई पठाइरहे । तर, आफ्नी श्रीमती अर्कैसँग हिँडेको खबर पाएपछि उनी नेपाल आए ।

 

कोठामा रहेको १५ लाखभन्दा बढी सम्पत्ति, गरगहना र नगद रकमसहित श्रीमती फरार भएको थाहा पाएपछि उनले बौद्ध प्रहरीमा श्रीमती एक करोड ६ लाखभन्दा बढीको सम्पत्तिसहित हराइन्, खोजिदिनु भन्ने निवेदन दिए । उनकै उजुरीका आधारमा प्रहरीले चलचित्र निर्माता पिटर खालिङ र सरस्वतिलाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडिदिएको छ ।

 

सरस्वती केही समयअघिदेखि चलचित्र निर्माता पिटरसँँग बस्दै आएको बताइएको छ । दुई छोरीको बाबु पिटरले पहिलो श्रीमतीलाई डिभोर्स गरेर सरस्वती लामासँग घरजम गरेको रहस्य खुलेको छ ।

निर्माता पिटरले श्रीमतीसहित सम्पत्ति लगेपछि धनबहादुरले दुवैविरुद्ध ठगी र बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।