एजेन्सी – विश्वकै ठूलो चलचित्र उद्योग मध्ये एक रहेको बलिउड समय सँगै फेरिँदै गएको छ। समयले ल्याएको परिवर्तनको लहर सँगै बलिउड पनि पहिला भन्दा धेरै खुल्ला भएको छ। कुनै समयमा छोटा पहिरनमा देखा पर्न लजाउने नायिकाहरुले अहिले बेडसिन दिन पनि अफ्ठेरो मान्दैनन। यस्तै समयसँगै ‘फेसनसेन्स’ पनि बदलिएको छ।

 

फेसनको नाममा कपडाहरु छोटा हुँदै गएका छन् भने फेसनको मामलामा नायिकाहरु पहिला भन्दा खुल्ला भएका छन्। तर फेसन गर्ने नाममा कहिले भने नायिकाहरु हदनै पार गर्छन्। जानेर हो अथवा नजानेर बलिउड नायिकाहरुले भित्रि वस्त्र नलगाएको कारण विवादमा पर्ने गरेका छन्। फेसनको नाममा भित्रि वस्त्रनै लगाउन भुलेका बलिउड नायिकाहरु निम्न छन्।

 

कंगना रनावत
बलिउडमा कंगनाको छबी अन्य नायिका भन्दा धेरै फरक छ। उनलाई धेरैले नायककै दर्जा पनि दिने गरेका छन्। महिला प्रधान चलचित्रहरु मार्फत बलिउडमा आफ्नो छाप छाड्न सफल कंगना एक पटक विना अन्डरवेयर सार्वजनिक कार्यक्रममा देखा परेकी थिइन्।

 

आलिया भट्ट
छोटो समयमा नै बलिउडमा जमिसकेकी नायिका आलियालाई वर्तमान समयकी सबै भन्दा चल्तीकी नायिकाको रुपमा चिनिन्छ। आलियाले आफ्नो छोटो बलिउड करियरमा नै हरेक प्रकारको सफलता हाँसिल गरिसकिन्। भित्रि वस्त्र बिना धेरै पटक आलिया क्यामरामा काइदा भैसकेकी छिन्। भित्रि वस्त्र नलगाएको अवस्थाका उनका तस्विरहरु कयौं पटक सार्वजनिक भैसके।

 

सुष्मिता सेन
कुनै समयमा सुष्मिताको बलिउडमा राम्रै चर्चा हुने गर्थ्यो। तर अहिले भने उनी बलिउड देखि टाढा छिन्। फेसनको राम्रो जानकारी राख्ने सुष्मिता पनि भित्रि वस्त्र नलगाई सार्वजनिक कार्यक्रममा देखा परेको कारण आलोचनाको पात्र बनिसकिन्।

 

तनिशा मुखर्जी
रानी मुखर्जीकी बहिनि तनिशा मुखर्जीले अभिनयको क्षेत्रमा कुनै खास जादु देखाउन सकिनन्। कुनै एक समयमा तनिशाले बलिउडमा प्रभुत्व नै जमाउँछिन् भनेर चर्चा गरिन्थ्यो। तर चर्चा अनुसार उनको भाग्यले भने साथ दिएन। तनिशा पनि भित्रि वस्त्र बिना सार्वजनिक कार्यक्रममा देखा परेको कारण आलोचनाको पात्र बनिसकिन्।

 

गौहर ख़ान
बिग बोस फेम नायिका गौहर खान फरक ‘फेसनसेन्स’को कारण बलिउडमा चर्चित छिन्। हुन त गौहर आफू माथि हुने गलत टिप्पणीको हेक्का राख्दिनन्। तर पनि भित्र वस्त्र बिना धेरै फेसन सोहरुमा देखा परिसकिन्।

 

अंग प्रदर्शनकै कारण बलिउडमा टिकेका अभिनेत्रीहरु

विश्वमै सफल मानिएको बलिउड उद्योगमा अभिनेता र अभिनेत्रीहरु पनि उत्तिकै प्रतिभाशाली छन् । उत्कृष्ट अभिनय शैलीका कारण समय समयमा संसारभरीनै तारिफ बटुलिरहेका हुन्छन् भारतीय कलाकारहरु ।

 

त्यसमा सुन्दरता र अभिनय क्षमताका कारण बलिउड अभिनेत्रीहरु सबैको नजरमा योग्य छन् तर बलिउडमा नै यस्ता केही अभिनेत्री छन् जो बोल्ड तस्बिर र भिडियोको कारण मात्र टिक्न सकिरहेका छन् । जोसँग अभिनय क्षमता भन्दा पनि पर्दामा देखिने उनीहरुको बोल्ड सीनका कारण मात्रै फिल्म चलिरहेको छ ।

 

उर्वशी रौतेला
सुन्दरताको विषयमा कोही भन्दा कम छैनन् उर्वशी रौतेला । सनी देओलसँग फिल्म ‘सिंह साहब दी ग्रेट’ बाट बलिउडमा डेब्यु गरेकी रौतेलाका पछिल्ला फिल्महरु परिवारसँग बसेर हेर्न सकिदैन । फिल्म ‘हेट स्टोरी– ४’ मा उनले दिएको दृश्यमा ‘बोल्डनेस’ को सीमा नाघेको छ ।

 

जरीन खान
बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘वीर’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी खानको उक्त फिल्म निकै चर्चित भयो । जुन फिल्म पारिवारिक फिल्म थियो । तर त्यसपछि उनले गरेका कुनै पनि फिल्म पारिवारिक रहेनन् ।

 

ईशा गुप्ता
सामाजिक सञ्जालमा बोल्ड तस्बिरकै कारण प्रायः चर्चामा आइरहने अभिनेत्री हुन् ईशा गुप्ता । उनले पहिलो फिल्ममा दिएको ‘हट’ सीनका कारण उनका पछिल्ला सालीन पात्रको रुपमा गरेको अभिनयलाई पनि दर्शकले स्वीकार गरेनन् । अहिले उनी बोल्ड फोटोशुटमै लिप्त छिन् ।

 

अमीषा पटेल
करियरको सुरुवातमा उनका फिल्महरु सफल भए । उनी पनि सफल अभिनेत्रीको रुपमा परिचित भइन् । तर विस्तारै फिल्म चल्न छोडेपछि उनले अंग प्रदर्शनको साहारा लिइन् तर उनलाई त्यो उपायले पनि साथ दिन सकेन

 

सनी लियोन
बलिउडमा प्रवेश गर्नुअघि ‘पोर्न स्टार’ रहेकी उनको परिचय नै खराब थियो । उनलाई आइटम गीतमा धेरै काम गराइयो र मुख्य भूमिकामा कम । उनलाई बलिउडमा फिल्म चलाउनकै लागि मात्र प्रयोग गरिएको छ ।

 

बाकी भिडियोमा हेर्नुहोस