फेसन उद्योगमा मोडलहरुले पैसाको लागि कस्ता–कस्ता काम गर्छन् भन्ने कुरा २० वर्षीया एक मोडलले खुलासा गरेकी छिन् । लण्डनकी ज्याज एगर नामकी ती मोडलले धेरैजसो फेसन इण्डष्ट्रीमा बेश्यावृत्ति हुने गरेको दावी गरेकी छिन् ।

उनले ग्राहकसँग एक रात बिताउनको लागि युवा मोडलहरुलाई १० करोडसम्मको अफर आउने गरेको बताइन् । अस्ट्रेलियाकी ज्याज लण्डनमा मोडलिङ गर्छिन् । सोसल साइट इन्स्टाग्राममा उनका ३५ सय फलोअर छन् । उनले हालै फेसन इण्डष्ट्रीको वास्तविकतालाई उजागर गर्दै गएको समरमा लण्डन क्लवमा आफ्नो एक ग्राहसँग भेट भएको बताइन् ।

ती ग्राहकले उनलाई मोडलिङको काम अफर गरे । यो अफर अन्तर्गत उनलाई तीन धनाढ्य व्यक्तिहरुसँग ग्रिक याटमा ट्रिपमा जान भनियो । त्यही हप्ता अर्का एक अभिनेतासँग रेष्टुरेण्टमा जान पनि अफर दिइयो ।

ज्याजले ह्वाट्सएपमार्फत आएको अफरको स्क्रिनसट शेयर गरेकी छिन् । एउटा म्यासेजमा ग्राहकले उनलाई १–२ घण्टा भेट्नका लागि मात्र २ हजार पाउण्डको अफर दिएका छन् । ज्याजका अनुसार धेरै मोडलहरुलाई यस्तो गर्न मन पर्छ र यस्तै काम गरेर पैसा कमाउँछन् । मोडलहरुले आफ्नो करिअर माथि लैजान यस्ता काम खुसीसाथ गर्ने ज्याजले खुलासा गरेकी छिन् ।

एजेन्सीको सहयोगमा डिसि नेपाल डटकमले तयार पारेको सामाग्री