च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाविरुद्ध लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान बनाएको छ। पहिलो लेग ३–० ले पछि परेको अवस्था उल्टाउँदै मंगलबार राति लिभरपुलले ४–० को जित निकाल्यो। समग्र लेगमा ४–३ को जित निकाल्दै लिभरपुल फाइनलमा पुग्यो।

 

पुनरागमनमा बार्सिलोनालाई स्तब्ध पार्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएसँगै लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोलीसँग ‘महारथी टोलीको मानसिकता’ भएको प्रतिक्रिया दिएका छन्।

 

लिभरपुल च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको यो लगतार दोस्रो पटक हो। गत साता बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको पहिलो लेगमा लिभरपुल ३–० ले निरीह बनेको थियो। दोस्रो लेगमा मंगलबार घरेलु मैदान एन्फिल्डमा उत्रँदा लिभरपुल नियमित स्ट्राइकर मोहम्म सालाह र रोबेर्टो फिर्मिनोबिना प्रवेश गरेको थियो।

 

उनीहरूको स्थानमा टोलीमा मौका पाएका स्ट्राइकर डिभोक ओरिगी र वैकल्पिक खेलाडी जर्जिनो विज्नाल्डमले समान २ गोल गरेसँगै लिभरपुलले दोस्रो लेगमा ४–० को सनसनीपूर्ण जित हात पारेको हो। दोस्रो लेगमा हात पारेको जितपछि लिभरपुल समग्रमा ४–३ को जितका साथ फाइनल प्रवेश गरेको हो।

 

बार्सा प्रतियोगिताबाट बाहिरियो। सायद लिभरपुलका ती बल ब्वाई नभएको भए नतिजा उल्टन पनि सक्थ्यो। ती बल ब्वाईले मंगलबार राति लिभरपुलको निर्णायक गोलको लागि महत्वपूर्ण भूमिका खेले।

 

बल ब्वाईको भुमिका के थियो

खेलको ७९ मिनेटमा भिलरपुलका ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डे हानेको क्रस पास बार्साका सर्जियो रोवर्टोलाई लागेर कर्नर हुन्छ। उक्त बल अडियन्स बारमा ठोक्किएर फेरि मैदानमा प्रवेश गर्छ।

 

बार्साका खेलाडीले सोही बल चलाउने होला भनेर ढिला गर्छन्। उता बल ब्वाईले आफूसँग भएको बल कर्नरका लागि आर्नोल्डलाई छिटो छिटो दिइसक्छन्।

कर्णर प्रहार गर्ने आर्नोल्ड र डिभोक ओरिजीबीच टाढैबाट संचार हुन्छ। यसबेला सम्म पनि बार्साका खेलाडीलाई त्यसबारे पत्तो हुँदैन।

 

डिभोकले भित्रको बललाई छिटोछिटो बाहिर फालिदिन्छन्। त्यसपछि आर्नोल्डले कर्णर प्रहार गर्छन्। बलब्वाई, आर्नोल्ड र डिभोकबीच यतिछिटो संचार हुन्छ कि बार्साका खेलाडीले केही थाहै पाउँदैनन्।

 

कर्नर प्रहार गर्दासम्म डिभोकसँग कुनै डिफेन्डर चेक बसेका हुँदैनन्। अन्ततः ७९ मिनेटमै आर्नोल्डले कर्नरमा प्रहार गरेको बललाई डिभोकलो लिभरपुलका लागि निर्णायक गोलमा परिवर्तन गर्दछन्।

यतिबेला ती लिभरपुलका बलब्वाईको चर्चा भइरहेको छ। बार्साले त्यस बखत खेलमा ध्यान पुर्याएको भए खेलको नजिता फरक हुने सक्थ्यो। एजेन्सि

 

(भिडियो)