महलमा बस्ने रहर उसको पनि हुन्छ जो झुपडी पनी नभएर ओढारमा बसेको छ । देखावटी जस्तो लाग्ने यो काहानी वास्तविक हो । जो सुन्दा कसको मन रुदैनर । र एउटा ५० बर्षिया आमा जो ओढारमा आफ्नो जीवन कष्टकर रुपले काटिरहेकी छिन ।

 

खोलाको छेउमा ओढारको कष्टकर जीवन त्यसमाथी मसानघाट पनि छेउमा छ । साधारण ब्यक्तिले मसानघाट छेउको रात्री जिवन कल्पना समेत गर्न सक्दैन । उनी पनि राती बस्न डर लाग्ने तर बस्ने ठाउँ नभएकाले यहि बस्ने बताउछिन ।

 

सानैमा आमा, बाबुको मृत्यु भएकोले घर बस्न मन नलागेर यहाँ बसेको उनको भनाई छ । तपाईको घरमा को को हुनुहुन्छ भन्ने प्रश्न गर्दा, कोहि पनि नभएको बताइन् । काम गरेर खान पनि १, २ रुपैयाँ मात्र दिने गरेको र सबैले बौलाई भन्ने गरेको उनको भनाई छ ।

 

बाकी भिडियोमा हेर्नुहोस: