टाँडी- बिहीबार साँझ इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी चौकीमा तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ । मृत्यु हुनेमा पदमपुरका एक स्थानीय व्यक्ति रहेका छन् । उनलाई प्रहरीले २ दिनअघि मात्र चोरी र झै–झगडा गरेको केसमा समातेको थियो ।

 

आफन्तले उनलाई प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् । मृतकका आक्रोशित आफन्तहरुले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय टाँडीमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।

 

भीडका कारण राजमार्गमा चलने सवारी चापको कारण यात्रुहरु बिचल्लीमा परेका छन् । भीड नियन्त्रणमा आएको छैन् । यता इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कसैको पनि मृत्यु नभएको र कालिका नगरपालिका–१ सुर्यपुर घर भएका समिर घिसिङले आत्महत्या गर्ने कोसिस गरेको बताएको छ ।

 

उनको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । यस विषयमा इलाका प्रहरी कार्यालयका डीएसपी दयानिधि ज्ञवालीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । पदमपुरका स्थानीयवासी नजिकै रहेको वडा प्रहरी कार्यालय घेर्न गएपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस (स्रोत: राटोपाटी डट कम)