सप्तरीको एउटा परीक्षा केन्द्रका परीक्षार्थीहरुले मोबाइल एप इमोबाट चिट चोरिरहेको फेला परेपछि प्रहरीले कारबाही थालेको छ । कक्षा १२ को परीक्षामा सप्तरीको कंचनरुपा नगरपालिका–८ मा रहेको सर्वोदय मावि केन्द्रमा सञ्चालित गणित विषयको परीक्षामा परिक्षार्थीहरुले मोवाइलको प्रयोग गरी इमो मार्फत चिट चोरी गरेका हुन्।

 

अनुगमन तथा चेकजाँच गर्ने क्रममा इमोमार्फत चिट चोरी गर्ने सिम्बल नम्बर २१५०१२३१, २१५०१२३२ र २१५०१२३३ भएका परीक्षार्थीहरु क्रमशः दिपेश सरदार, रामप्रसाद हुमागाई र रंजित कुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

 

उनीहरु मध्ये दिपेश सरदारको साथमा इन्टरनेट डाटा खुल्ला भएको मोवाइलमा इमो ग्रुप बनाई सो ग्रुपमा प्रश्नपत्र पठाई सो को उत्तर प्राप्त गरी तीनै जनाले चिट चोरेको प्रहरीले जनाएको छ।

 

प्रहरीले परीक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै तीनै जनाको प्रबेश पत्र र दिपेश सरदारको साथमा फेला परेको मोवाईल समेत बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।

 

यो समाचार नेपाल खबरमा लेखिएको छ ।