छाउँगोठमा आगोलागी हुदा निसास्सिएर आमा र दुई छोराको मृत्यु

छाउँगोठमा आगोलागी हुदा निसास्सिएर आमा र दुई छोराको मृत्यु

इ-परेवा

@Eparewa

२०७५ पुस २६ गते बिहिबार ०३:५०

बाजुराको बूढीनन्दा नगरपालिका–९ मा छाउँगोठमा आगोलागी हुदा ३५ वर्षीया आमा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका छोरा रमित बोहरा रहेको मृत्यु भएको छ । चिसोको बेला ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागी भएको...

बाजुराको बूढीनन्दा नगरपालिका–९ मा छाउँगोठमा आगोलागी हुदा ३५ वर्षीया आमा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका छोरा रमित बोहरा रहेको मृत्यु भएको छ ।

चिसोको बेला ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागी भएको र सानो बन्द गोठ भएको कारणले निसास्सिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटले बताए।

शव पोस्मार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा राखिएको छ। मृतकका श्रीमान भारतमा रहेका छन ।

प्रकाशित मिति २०७५ पुस २६ गते बिहिबार ०३:५०
प्रतिक्रिया दिनुहोस