अर्मान्ड मोएनको ह्याट्रिक सहयोगमा, भ्याली च्यासलले दिल्लिलाई ६-० ले हरायो

अर्मान्ड मोएनको ह्याट्रिक सहयोगमा, भ्याली च्यासलले दिल्लिलाई ६-० ले हरायो

इ-परेवा

@Eparewa

२०७५ पुस २७ गते शुक्रबार १२:२२

भ्याली च्यासल युवा क्लबले सुदुरपश्चिम खप्तड गोल्डकपमा दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ। भ्यालिका अर्मान्ड मोएनले ह्याट्रिक गरेका थिए । खेलको १४ औं मिनेटमा एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै...

भ्याली च्यासल युवा क्लबले सुदुरपश्चिम खप्तड गोल्डकपमा दिल्ली फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ। भ्यालिका अर्मान्ड मोएनले ह्याट्रिक गरेका थिए ।

खेलको १४ औं मिनेटमा एल्भीसको पासमा सन्जोग राईले सहजै गोल गर्दै च्यासललाई अग्रता दिलाए। ३१ औं मिनेटमा
हेमन्त थापामगरले गोल गर्दै अग्रता दोव्वर पारे। सन्जोग राईको लामो पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र भित्रबाट ४० औं मिनेटमा अर्मान्डले गोल गरे।

यस्तै दोश्रो हाफको ६१ औं र ७३ औं मिनेटमा अर्मान्डले गोल गरे, इन्ज्युरी समयको पहिलो मिनेटमा सन्त बहादुर गुरुङले छैठो गोल गरे । अर्मान्डको ह्याट्रीक संगै च्यासलले ६–० को जित हात पार्‍यो । खेलको म्यान अफ द म्याच च्यासलका अर्मान्डले १० हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित मिति २०७५ पुस २७ गते शुक्रबार १२:२२
प्रतिक्रिया दिनुहोस