चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ।

 

लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन्।

 

‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन्। पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन्।

 

गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। जुन भिडियो तल हेर्नुहोस ।

 

सफल कसरी बन्ने, यस्ता छन् सफल हुने शुत्र !
हामी चाहन्छौं, सफल बनौं । आफुले गरिरहेको काममा धेरै भन्दा धेरै नतिजा प्राप्त होस् । आफुले खोजेजस्तै र चाहेजस्तै परिणाम हासिल होस् । सफलताको उच्चतम विन्दुमा पुग्न सकौं । तर, कसरी ?

 

हामी अनेक यत्न गर्छौ । अनेक बाटो समात्छौं । तैपनि सफलता पाइरहेका हुँदैनौ । यसको पछाडि अरु कारणले ठूलो अर्थ राख्दैन । बरु, हाम्रो आफ्नै बानी, व्यवहारले हामीलाई सफल हुनबाट अवरोध गरिरहेको हुनसक्छ ।

 

किनभने सफलताका लागि हामी स्वंम बदलिनुपर्छ । कतिपयसँग यस्ता साझा बानी हुन्छन्, जसले उनीहरुलाई सफलताको उचाईमा पुर्‍याउँछ । के हुन् त ति बानी ?

 

१. प्रोएक्टिभ बनौं
यसको अर्थ हो, आफ्नो जीवनका लागि स्वंमलाई जिम्मेवार बनाउनु । आफ्नो उत्तरदायित्व वहन गर्नुपर्छ । यसका लागि तपाईले आफ्नो वंशानुगत गुण, परिस्थिती, परिवेशमा निर्भर रहनु पर्दैन र दोष दिन पनि आवश्यक छैन ।

 

प्रोएक्टिभ व्यक्ति आफ्नो समय, शक्ति र बुद्धि त्यही कुरामा खर्च गर्छन्, जसलाई उसले नियन्त्रण गर्न सक्छ । हामीसँग जतिपनि समस्या, चुनौती र अवसर हुन्छ, त्यसलाई दुई भागमा विभाजन गर्न सकिन्छ ।

 

२. अन्त्यलाई ध्यानमा राखेर सुरुवात
कुनैपनि काम गर्दा त्यसको लक्षित विन्दु तय गरिन्छ । हामीले यात्रा थाल्नुअघि कहाँसम्म पुग्ने भन्ने कुराको मोटामोटी खाका तयार गर्छौ । गन्तव्य कहाँ हो, त्यहाँसम्म पुग्ने दुरी कति हो, कस्तो बाटो हो ? इत्यादि । ठीक यसैगरी कुनैपनि काम गर्नुअघि त्यसको स्पष्ट खाका आफुसँग हुनुपर्छ । आफ्नो लक्षित उपलब्धी के हो र त्यो कसरी हासिल हुन्छ भन्ने मार्गचित्र बनाएर अघि बढ्नुपर्छ ।

 

३. कल्पनाशक्ति
सफलताको लागि कल्पनाशक्ति पनि चाहिन्छ । जुक कुरा हामी नाङ्गो आँखाले देख्न सक्दैनौ, त्यो कुरा हाम्रो कल्पनाशक्तिबाट थाहा पाउन सकिन्छ । यो त्यही सिद्धान्तमा आधारित छ, हरेक चिजको निर्माण दुई पटक हुन्छ । पहिलो पटक मानसिक क्रिएसन । र, दोस्रो पटक शारीरिक क्रिएसन । जब तपाई एउटा सुन्दर परिकल्पना गर्नुहुन्छ, त्यसलाई मूर्त रुप दिन शारीरिक क्रिया सुरु गर्नुहुन्छ ।

 

४. प्राथमिकता चिन्न सकौं
जिन्दगीमा धेरै कुरा गर्ने रहर हुन्छ, हामीलाई । हरेक क्षेत्रमा हात हाल्न मन लाग्छ । तर, यसले लक्षित विन्दुमा पुर्‍याउँदैन । त्यही काम गर्नुपर्छ, जहाँ तपाई रमाउन सक्नुहुन्छ, साथै तपाईको क्षमताले पनि भ्याउँछ । के गर्ने एवं कुन क्षेत्रमा हात हाल्ने भन्ने कुराको तय गर्दा आफ्नो रुची, क्षमता आदिलाई आधार बनाएर तय गर्नुपर्छ ।

 

भिडियो हेर्नुहोस