ईन्डोनेशियाकी तितिक यसरी बनिन नेपालकी संजना चौधरी कसरी भईन ? भिडियो हेर्नुहोस ।

 

यसरी नर्दयी बाबुले गरे १० महिने छोरीको हत्या

दार्चुला — दार्चुलाको ब्याँस गाउँपालिका ५ चुकपानीका नविन बिष्टले आफ्नै छोरीलाई बिहीबार जिउँदै जलाएर हत्या गरेका छन् । घरायसी विषयमा आफ्नी श्रीमतीसँग मनमुटाव भएपछि विष्टले १० महिनाकी छोरी अनुस्कालाई जलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार २४ वर्षीय नविनले बिहीबार राति १० बजे घरनजिकैको सुकेको खरको थुप्रोभित्र राखेर बाहिरबाट आगो लगाई छोरीलाई मारेको खुल्न आएको हो ।

 

छोरीलाई जलाएर भाग्ने क्रममा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बालिकाका बुबा र आमा दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । ‘नविनकी श्रीमतीले आफ्नी दिदीको एक तोला सुन चोरेर ल्याएको र दिदीलाई सुनको रकम तिर्नुपर्ने भएपछि

 

उनीहरु बीच मनमुटाव सुरु भएको देखिन्छ’ प्रहरी निरीक्षक बोहराले भने, ‘एक/डेढ महिनादेखि यसै विषयमा वादविवाद हुँदै आएको थियो त्यसको रिस फेर्न छोरीलाई जलाएको घटना प्रकृतिबाट बुझिन्छ ।’ छोरीलाई मारेर श्रीमतीसँग सम्बन्धबिच्छेद गर्ने तयारीका साथ यो घटना भएको नविनको क्रियाकलापले देखिन आएको बोहराले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छपिएको छ ।