बिशेषत हामी धर्म संस्कृतिमा बढी नै आस्था र रुची राख्ने गर्दछौं । हो, नेपाली समाजमा यस्ता थुप्रै मूल्य र मान्यताहरु छन् । जसको हामीले जानेर वा अनजानमै पालन गरी रहेका हुन्छौं ।

 

शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरुको पाला देखि नै शनिदेवको आरधानामा बढी महत्व दिने गरेको पाइन्छ । किनबी शनिदेवको साथ हाम्रो जीवनमा रह्यो भने सुख, शान्ती र संम्बृद्धी प्राप्त हुनेछ यति शनिदेव हामीसंग रुष्ट हुनु भयो भने जीवन निक्कै कष्टकर हुने गर्दछ । तथार्स जीवनमा शनिदेवलाई सदैब खुसी राख्नुहोस् ।

 

 

तेल : तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।

जुत्ता : शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न : शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।

नुन :घरका लागि सर-सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।

फलाम : हिन्दु धर्म शास्त्रतका अनुसार शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।