गोदाममा भीषण आगलागी,

१९ पौष २०७५, काठमाडौं–काठमाडौंको सतुंगलस्थित सिप्रदी ट्रेङिङ अगाडि रहेको एक कपडा तथा कपास गोदाममा भीषण आगलागी भएको छ ।

उक्त गोदाम चन्दा कुमार शाहको हो । गोदामको नाम दिपक कुमार कपडा तथा कपास फ्याक्ट्री हो ।
केहीबेर अगाडी शुरु भएको आगलागी नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र लतिलपुरमा रहेको सबै दमकलहरु प्रयोग गरेर नियन्त्रणको प्रयास जारी राखिएको छ ।

आगलागी नियन्त्रणमा आउन नसकेको र नियन्त्रणमा लिने प्रयास भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए ।

घटनास्थलमा ६ वटा दमकल र २५ ट्यांकर पानीको प्रयोगमा आगलागी नियन्त्रणमा ल्याउन प्रयास भइरहेको उनले बताए । फ्याक्ट्रीमा ३ वटा ब्लक रहेपनि सबै पूर्ण रुपमा ध्वस्त भएको समेत उनले जानकारी दिए । रातोपाटी