एक महिलामाथि बलात्कार गरेको आरोप खेपिरहेका बिश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोसँग अमेरिकाको लस भेगास प्रहरीले डीएनए स्याम्पल माग गरेको छ।

३३ बर्षिय रोनाल्डो इटालियन सिरिए च्याम्पियन युभेन्ट्सका स्ट्राईकर हुन । उनी यसभन्दा अगाडि स्पेनिस क्लब रियल म्याड्रीडमा आबद्ध थिए ।

क्याथरिन मायोर्गा नामक महिलाले सन् २००९ मा लस भेगासस्थित एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन्। रोनाल्डोले भने उक्त आरोपको खण्डन गर्दै आएका छन्। रोनाल्डोले मायोर्गालाई बालात्कार गरेको समाचार जर्मन साप्ताहिक पत्रिकाले प्रकाशित गरेको थियो।