काठमान्डौ , ऋषि धमलाले संचालन गरेको प्राइम टेलिभिजन बाट प्रसारित जनता जान्न चाहन्छन कार्यक्रम मा हंगामा भएको छ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवबीच टिभीको स्टुडियोमै कुटाकुट भएको हो ।

 

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच एक अर्कामा तल्लो स्तरमा उत्रिएर गाली गलौज पनि भएको थियो । कार्यक्रम को सुरुवात देखिनै एक अर्कालाई दोष लगाउदै कडा रुपमा उत्रिएका उनिहरु मध्ये भाग तिर हात हालाहालको अबस्थामा पुगेका हुन् ।

 

कार्यक्रम प्रस्तोता ऋषि धमलाले बारम्बार बस्न अनुरोध गर्दा सम्म उनीहरुको झगडा साम्य भएको थिएँन । नेपाल कम्यु निष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बिचमै कार्यक्रम बहिस्कार गरे भन्दै कार्यक्रम छोडेर हिड्न खोजेका थिए ।निकै आक्रामक बनेका नेता मण्डल कार्यक्रम को अन्तिम भागमा समेत रिसाएर कुटाकुट गर्न तम्सिएका थिए । उनि कार्यक्रम सकिने लाग्दा फन्किएर हिडे। भिडियो हेर्नुहोस ।

 

 

काठमान्डौ , ऋषि धमलाले संचालन गरेको प्राइम टेलिभिजन बाट प्रसारित जनता जान्न चाहन्छन कार्यक्रम मा हंगामा भएको छ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डल र कांग्रेस नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवबीच टिभीको स्टुडियोमै कुटाकुट भएको हो ।

 

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनीहरुबीच एक अर्कामा तल्लो स्तरमा उत्रिएर गाली गलौज पनि भएको थियो । कार्यक्रम को सुरुवात देखिनै एक अर्कालाई दोष लगाउदै कडा रुपमा उत्रिएका उनिहरु मध्ये भाग तिर हात हालाहालको अबस्थामा पुगेका हुन् ।

 

कार्यक्रम प्रस्तोता ऋषि धमलाले बारम्बार बस्न अनुरोध गर्दा सम्म उनीहरुको झगडा साम्य भएको थिएँन । नेपाल कम्यु निष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सत्यनारायण मण्डलले बिचमै कार्यक्रम बहिस्कार गरे भन्दै कार्यक्रम छोडेर हिड्न खोजेका थिए ।निकै आक्रामक बनेका नेता मण्डल कार्यक्रम को अन्तिम भागमा समेत रिसाएर कुटाकुट गर्न तम्सिएका थिए । उनि कार्यक्रम सकिने लाग्दा फन्किएर हिडे।