नेपाली गितसंगितमा चर्चित नाम हो सुनिल कटुवाल । कपुरी क गितबाट चर्चाको सिखरमा चडेका गायक सुनिल कटुवालले पहिलो हिमालयन अवार्ड र सोही गितबाट अर्को ओएस अवार्ड हात पार्न सफल भएका थिए । फेरि यस पटक पनि अर्को आस लाग्दो गित तारा बाजि लै लै बजारमा ल्याएका छन।

पप गायक सुनिल कटुवाल र एन्जिला रेग्मीको सुमधुर स्वर रहेो प्रदिप लामाको प्रस्तुति रहेको उक्त गितको शब्द तथा संगित भिम बिसिको रहेको छ । प्रमोद भण्डारीको निर्देशनमा रहेको म्युजिक भिडियोलाई प्रदिप लामा र प्रमोदले छायाकन र पवन सुस्लिंङले सम्पादन गरेका हुन् । प्रदिप लामा र कबिता नेपालि सहित द नेक्स्ट टिमले दमदार अभिनय गरेका छन ।

 

संगित त्यस्तो चिज हो जसका कारण जीवन बदल्न सक्छ । संगितको न जात हुन्छ न थर हुन्छ । जिबनका अनेक पाटा-पाटामा संगितको सम्बन्ध हुन्छ । हरेक समाजको आफ्नै रिति तिथी,प्रम्परा र संस्कृति र संस्कार हुन्छ । जुन ठाँउमा भए पनि आफ्नो संस्कार र संस्कृति बिर्सेको हुदैन । संगित बिनाको जीवन त बालुवामा माछा पाल्छु भने जस्तै हो ।

 

अनेकतामा एकता हरेक समस्याको मुकाबिल गर्दै नेपाली संगितको जग्रेनाका लागिपरेका कैयौं ब्याक्तित्व छन । जसका उदाहरण हुन कुमार कटुवाल । कुमार कटुवालले आफ्नो पेशा संगै संगितलाई पनि अङ्गालेका छन । Anugraha Medical Centaer Pvt.Ltd. र Lubbini Multipale Prashikshan kendra (p.)Ltd. का managing Director समेत रहेका कटुवालले “कपुरी क, र काग दाजै-काग दाजै गित नेपाली संगित बजारमा ल्याउनु भयो ।

 

जुन गीतको प्रोड्युसर हुनुहुन्छ कुमार कटुवाल । जसमध्ये कपुरी “क” मा सुनिल कटुवालले आवाज दिनु भयो भने काग दाजै,काग दाजैमा भने सरु गौतम र ध्रुब बिस्कोले आवाज दिनु भयो । कपुरी “क”ले भने यस वर्षको हिमालय अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको गित हो । यस विषयमा सुनिल कटुवाल भन्नुहुन्छ – बिगतका दिनमा मलाई यो गित गाउने अवसर मिलेको थियो ।

 

मैले गाए पनि चर्चा पनि त्येतिकै पायो यो गितले । अन्ततः सोही “कपुरी क” गितबाटै हिमालय अन्तर्राष्ट्रिय अवार्ड मेरो हातमा पर्यो । जसको श्रय कुमार कटुवाललाई दिन चाहान्छु । जसका कारण मलाई थप हौसला बढेको छ । यहि अवार्डकै शिलशिलामा कुमार कटुवाल पनि मलेसिया कार्यक्रममा सरिक हुनुभएको थियो । “कपुरी क”गितबाट जब सुनिल कटुवालले अवार्ड हात पारे पछि खुशी हुँदै “कपुरी क २” मा हात हाल्ने घोषणा गर्नुभयो । कुमार कटुवाल व्यावसायिक रुपमा मात्र नभएर समाज सेवामा पनि उत्तिकै अग्रसर छन । भिडियो हेर्नुहोस ।