आजकाल स–सानो कुरामा सम्बन्ध टुट्ने स्थितीमा पुग्छ । सम्बन्धविच्छेदका विभिन्न किस्सा त तपाईंले सुन्नुभएकै होला तर मध्यप्रदेशको पारिवारिक अदालतमा सम्बन्धविच्छेदको एउटा यस्तो मामला सार्वजनिक भएको छ जसले तपाईंलाई आश्चर्यमा पार्नेछ । सम्बन्धविच्छेदको निवेदनमा श्रीमतीले श्रीमानको रहन–सहन चित्त नबुझेको बताएकी छिन् ।

श्रीमतीका अनुसार उनका श्रीमान् नुहाउँदैनन्, चिसो रुमाल खाटमा फ्याँक्छन् र दाह्री पनि काट्दैनन् । यो मामलामा परामर्श दिइरहेका शैल अवस्थीका अनसार दम्पत्तीले सन् २०१६ मा अन्तरजातीय विवाह गरेका हुन् । युवती ब्राम्हण हुन् र युवक सिन्धी समाजका हुन् । विवाहको एक वर्षसम्म दुईजनाबीच सबैकुरा राम्रै चल्यो तर अब उनीहरुबीच झगडा सुरु भयो ।

युवतीले परामर्शदातालाई श्रीमानको रहन–सहन ठिक नभएको बताइन् । उनले भनिन्, ‘उनी सर–सफाइमा ध्यान दिँदैनन् । उनी दाह्री काट्दैनन् चिसो मौसममा धेरै दिनसम्म नुहाउँदैनन् । दुर्गन्ध लुकाउनका लागि उनी परफ्यूम छर्कन्छन् । चिसो रुमाल ओछ्यानमा फाल्छन् ।’

यता श्रीमानले पनि आफू श्रीमतीको हातको खेलौना नभएको बताएका छन् । उनले भनेका छन्, ‘मैले आफ्नो जीवनयापन कसरी गर्ने भनेर म आफैं निर्धारण गर्छु । ’ अचम्मको कुरा के छ भने दुई श्रीमान्–श्रीमती रहन–सहनको कुरामा यति अडिग छन् कि उनीहरु जसरी पनि सम्बन्धविच्छेद चाहन्छन् । मामलाको अहिले टुङ्गो लागेको छैन ।

आफ्नो फेसबुक एकाउन्ट यसरी सुरक्षित राखौ, पछुताउनु भन्दा समयमा नै सुरक्षित बसौ
फेसबुक हिजोआज धेरैको दिनचर्या नै भएको छ भन्दा अत्युक्ति हुनेछैन । तर धेरैको दिनचर्या बनिसकेको यही फेसबुकले गर्दा आज धेरैले नोक्सानी पनि व्योहोर्नु परेको छ । फेसबुकका जति सुबिधा र फाइदाहरु छन् त्यति नै मात्रामा तिनका बेफाइदाहरु पनि छन् । आजकाल दिनहुँ धेरै फेसबुक एकाउन्ट ह्याक हुने गरेका छन् । अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई ट्याग गरिदिने क्रम बढेर पनि धेरै प्रयोगकर्ताहरुले हैरानी बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छँदै छ ।

यसर्थः फेसबुकलाई सुरक्षित राख्न निक्कै गाह्रो हुँदै आइरहेको छ । हुन त फेसबुकले यस्ता समस्याबाट बँच्न Security Setting त उपलब्ध गराएको छ तर सबैलाई त्यस बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले फेसबुकबाट सुरक्षित रहने तरिका थाहा पाउनुहोस र सबैका जानकारीको लागि पनि सेयर गर्नुहोस । तपाईं हाम्रो एक सहयोगले कसैको जिन्दगी बर्बाद हुनबाट जोगाउन पनि सक्छ ।

तपाईहरूले याद गर्नु भएकै होला कहिलेकाहीँ आफ्नै साथीको नाममा अस्लिल भिडियोहरु पोस्ट भएका हुन्छन् । देख्दा ती भिडियो साथीहरुले नै पोस्ट गरे जस्तो देखिए पनि वास्तबमा त्यो भाइरस पनि हुनसक्छ । एक पटक यस्तो भाइरसले धेरै नै दुख दिएको थियो । साथीको नामबाट आफ्नो वालमा पोस्ट भएको त्यस्तो भिडियोमा तपाईले क्लिक गर्नुभयो भने तपाईको सबै साथीको वालमा पनि तपाईको नामबाट बिभिन्न भिडियोहरु तथा अस्लिल सामाग्रीहरु पोस्ट हुन जान्छन् ।

त्यसैले त्यस्ता भिडियोमा सकेसम्म क्लिक नगर्नु नै राम्रो हुन्छ अथवा त्यस्तो समस्याबाट बँच्न कसैले ट्याग गरेको फोटो तपाईको अनुमति बिना आफ्नो वालमा पोस्ट गर्न नमिल्ने बनाउन पनि सकिन्छ । साधारणतय यस्ता काम नगर्नुहोस ।
१. नचिनेको ब्यक्तिलाई साथी बनाउदै नबनाउनुहोस ।
२. कुनै पनि जानकारीहरु सबैले हेर्न मिल्ने नबनाउनुहोस ।
३. कुनै पनि फोटो स्टाटस राख्दा सकेसम्म साथिहरुले मात्र हेर्न मिल्ने बनाउनुहोस ।

४. नचिनेको ब्यक्तिले friend request पठाउन नमिल्ने बनाउनुहोस ।
५. चिनजानको ब्यक्ती भएपनी खुलेर जे पायो त्यही कुरा नगर्नुहोस ।
६. ब्यक्तिगत कुराहरु कसैसँग च्याटमा नगर्नुहोस ।
७. कसैले देखेको छैन, भन्ने भ्रममा परेर धेरै स्वतन्त्र महसुस नगर्नुहोस ।
८. आफ्नो मोबाईलमा आएको varification code कसैलाई नदिनुहोस ।
९. कुनै पनि ब्यक्तिले पठाएको चिठ्ठा, पैसा, जागीर, सामानको मेसेज तथा पोस्टहरुमा बिस्वास नगर्नुहोस ।

धेरै जसो यस्ता सामाग्रीहरु ठग्न्ने मनसायका हुुुन्छन ।
त्यसको लागि Home भन्दा दाँयातिर रहेको logout भएको अप्सन बटममा क्लिक गरी Privacy Setting मा जान सकिन्छ :- PrivacySettings>Timeline and Tagging>Edit Setting मा गएर Review posts friends tag you before they appear in your timeline लाई On गर्न सकिन्छ ।

यस्तै गरि Review tags friends add to your own posts in Facebook मा गएर यसलाई पनि On गर्न सकिन्छ । अब जसले तपाईलाई ट्याग गरे पनि तपाईको अनुमति बिना त्यो वाल मा पोस्ट हुन सक्दैन अथवा ट्याग देखा पर्न सक्दैन र Notification मा “फलानोले ट्याग गरेको छ” भन्ने संदेश आएर बसेको हुन्छ । त्यसलाई तपाईले चेक गरेर Approve वा Decline गर्न सक्नु हुन्छ ।

अर्को कुरा तपाईको फलानो साथीले यो एप्लिकेशन प्रयोग गरेको छ । तपाईको प्रोफाइल कति पटक कसले हेर्यो, कसले फेसबुकमा तपाईलाई ब्लक गरेको छ हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने संदेश लिएर बिभिन्न खाले पोस्टहरु फेसबुकमा देख्न सक्नु हुन्छ । वास्तबमा यो फेसबुकबाट जारी होइन, यिनीहरु भनेका भाइरस हुन्, कुनै ह्याकरहरुको काम पनि हुन सक्छ । फेसबुकले हालसम्म यस्तो सुबिधा दिएको छैन । त्यसैले सकेसम्म आफ्नो फेसबुक एकाउन्टबाट कुनै पनि एप्सहरुमा log in नगर्नुहोस, इन्ष्टल नगर्नुहोस ।