काठमाण्डौको गोङ्गबु बस पार्क बाट बानियाँ टार रोड भई २.३ कि.मी. दक्षिण तर्फ लागेपछी आउँछ सुखावती स्टोर । त्यो पसल हेर्दा सामान्य पसल जस्तो देखिन्छ । यहाँ किताब, कपडा, भाँडाकुँडा र कम्प्युटर देखी अन्य धेरै उपयोगमा आउने बस्तु सामाग्री राखिएको छ । अरू पसल भन्दा यो पसल यसका रणले गर्दा भित्र छ कि यहाँ भएका सामाग्रीको मूल्य रू १० रुपैयाँ बाट सुरु हुन्छ । यहाँ सामानको गुणस्तर र अवस्था हेरेर त्यसभन्दा माथि पनि मूल्य तोकिएको छ ।

 

बेच्न राखिएका सामान नयाँ भने होइनन् । सेकेण्ड ह्यान्ड हुन् । प्रयोगमा आइसकेका पुराना तर, अझै पनि प्रयोग गर्न मिल्ने सामाग्रीहरु डोनेसनका रुपमा लिएर बेचिरहेको छ सुखावती स्टोरले । हाम्रो समाजमा अझै पनि एक तहका यस्ता व्यक्ति छन् जो दोहो-याएर लुगा र चप्पल लगाउँदैनन् । ग्याजेट र इलेक्ट्रोनिक्सका नयाँ मोडल र अप्ग्रेडेड भर्जन पर्खेर बस्छन् ।

 

घरलाई ‘न्यू लुक’ दिने भन्दै केही वर्ष प्रयोग गरेका पर्दा, कार्पेट, भाँडाकुँडा स्टोर रुममा थन्काउँछन् । त्यस्तै अर्को तह यस्तो पनि छ जसको शरीरले कैयौं हिउँद एउटै स्वीटर १० ठाउँ टालेर गुजारेको हुन्छ । जोसँग अत्यावश्यकीय आवश्यकता पूर्ति गर्ने कुनै उपाय हुँदैन । जसका सीमित आवश्यकता पनि ‘मन’ मा नै गुम्सिएर थन्किन्छन् । सुखावती स्टोरले त्यही तहका व्यक्तिको आवश्यकतालाई पूरा गरेको छ । भिडियो हेर्नुहोस् ।

 

 

जानकारी-आफ्नो फेसबुक एकाउन्ट सुरक्षित राख्नुहोस । पछुताउनु भन्दा समयमा नै सुरक्षित बसौ ।
फेसबुक हिजोआज धेरैको दिनचर्या नै भएको छ भन्दा अत्युक्ति हुनेछैन । तर धेरैको दिनचर्या बनिसकेको यही फेसबुकले गर्दा आज धेरैले नोक्सानी पनि व्योहोर्नु परेको छ । फेसबुकका जति सुबिधा र फाइदाहरु छन् त्यति नै मात्रामा तिनका बेफाइदाहरु पनि छन् । आजकाल दिनहुँ धेरै फेसबुक एकाउन्ट ह्याक हुने गरेका छन् । अस्लिल सामग्रीहरु पोस्ट गरि अरुलाई ट्याग गरिदिने क्रम बढेर पनि धेरै प्रयोगकर्ताहरुले हैरानी बेहोर्नु परेको तीतो यथार्थ हामीसँग छँदै छ ।

 

यसर्थः फेसबुकलाई सुरक्षित राख्न निक्कै गाह्रो हुँदै आइरहेको छ । हुन त फेसबुकले यस्ता समस्याबाट बँच्न Security Setting त उपलब्ध गराएको छ तर सबैलाई त्यस बारेमा थाहा नहुन पनि सक्छ । त्यसैले फेसबुकबाट सुरक्षित रहने तरिका थाहा पाउनुहोस र सबैका जानकारीको लागि पनि सेयर गर्नुहोस । तपाईं हाम्रो एक सहयोगले कसैको जिन्दगी बर्बाद हुनबाट जोगाउन पनि सक्छ ।

 

तपाईहरूले याद गर्नु भएकै होला कहिलेकाहीँ आफ्नै साथीको नाममा अस्लिल भिडियोहरु पोस्ट भएका हुन्छन् । देख्दा ती भिडियो साथीहरुले नै पोस्ट गरे जस्तो देखिए पनि वास्तबमा त्यो भाइरस पनि हुनसक्छ । एक पटक यस्तो भाइरसले धेरै नै दुख दिएको थियो । साथीको नामबाट आफ्नो वालमा पोस्ट भएको त्यस्तो भिडियोमा तपाईले क्लिक गर्नुभयो भने तपाईको सबै साथीको वालमा पनि तपाईको नामबाट बिभिन्न भिडियोहरु तथा अस्लिल सामाग्रीहरु पोस्ट हुन जान्छन् । त्यसैले त्यस्ता भिडियोमा सकेसम्म क्लिक नगर्नु नै राम्रो हुन्छ अथवा त्यस्तो समस्याबाट बँच्न कसैले ट्याग गरेको फोटो तपाईको अनुमति बिना आफ्नो वालमा पोस्ट गर्न नमिल्ने बनाउन पनि सकिन्छ । साधारणतय यस्ता काम नगर्नुहोस ।

 

१. नचिनेको ब्यक्तिलाई साथी बनाउदै नबनाउनुहोस ।
२. कुनै पनि जानकारीहरु सबैले हेर्न मिल्ने नबनाउनुहोस ।
३. कुनै पनि फोटो स्टाटस राख्दा सकेसम्म साथिहरुले मात्र हेर्न मिल्ने बनाउनुहोस ।
४. नचिनेको ब्यक्तिले friend request पठाउन नमिल्ने बनाउनुहोस ।
५. चिनजानको ब्यक्ती भएपनी खुलेर जे पायो त्यही कुरा नगर्नुहोस ।
६. ब्यक्तिगत कुराहरु कसैसँग च्याटमा नगर्नुहोस ।
७. कसैले देखेको छैन, भन्ने भ्रममा परेर धेरै स्वतन्त्र महसुस नगर्नुहोस ।
८. आफ्नो मोबाईलमा आएको varification code कसैलाई नदिनुहोस ।
९. कुनै पनि ब्यक्तिले पठाएको चिठ्ठा, पैसा, जागीर, सामानको मेसेज तथा पोस्टहरुमा बिस्वास नगर्नुहोस । धेरै जसो यस्ता सामाग्रीहरु ठग्न्ने मनसायका हुुुन्छन ।

 

त्यसको लागि Home भन्दा दाँयातिर रहेको logout भएको अप्सन बटममा क्लिक गरी Privacy Setting मा जान सकिन्छ :- PrivacySettings>Timeline and Tagging>Edit Setting मा गएर Review posts friends tag you before they appear in your timeline लाई On गर्न सकिन्छ । यस्तै गरि Review tags friends add to your own posts in Facebook मा गएर यसलाई पनि On गर्न सकिन्छ । अब जसले तपाईलाई ट्याग गरे पनि तपाईको अनुमति बिना त्यो वाल मा पोस्ट हुन सक्दैन अथवा ट्याग देखा पर्न सक्दैन र Notification मा “फलानोले ट्याग गरेको छ” भन्ने संदेश आएर बसेको हुन्छ । त्यसलाई तपाईले चेक गरेर Approve वा Decline गर्न सक्नु हुन्छ ।

 

अर्को कुरा तपाईको फलानो साथीले यो एप्लिकेशन प्रयोग गरेको छ । तपाईको प्रोफाइल कति पटक कसले हेर्यो, कसले फेसबुकमा तपाईलाई ब्लक गरेको छ हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने संदेश लिएर बिभिन्न खाले पोस्टहरु फेसबुकमा देख्न सक्नु हुन्छ । वास्तबमा यो फेसबुकबाट जारी होइन, यिनीहरु भनेका भाइरस हुन्, कुनै ह्याकरहरुको काम पनि हुन सक्छ । फेसबुकले हालसम्म यस्तो सुबिधा दिएको छैन । त्यसैले सकेसम्म आफ्नो फेसबुक एकाउन्टबाट कुनै पनि एप्सहरुमा log in नगर्नुहोस, इन्ष्टल नगर्नुहोस ।