बुटवल – नेपाल मगर संघले प्रदेश ५ को नाम ‘मगरात स्वायत्त प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर बुझाएको छ । यो खबर अनलाईन खबर डटकममा लेखिएको छ । प्रदेश ५ मा मगर समुदायको जनसंख्या सबैभन्दा धेरै भएको र आदिमकालीन नामसमेत भएकाले मगरात राख्न माग गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगरले बताए । संघले रुकुम पूर्वदेखि पाल्पासम्मको मगर समुदायको सघन वस्ती भएका क्षेत्रलाई समेटेर मगरात स्वायत्त क्षेत्र घोषणा गर्नसमेत माग गरेको हो ।

 

 

‘संविधानमै स्वायत्त क्षेत्रहरु बनाउन सकिने उल्लेख छ, त्यसैले रुकुम पूर्वदेखि पाल्पासम्मको पहाडी क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाइनुपर्छ’ संघका प्रदेश ५ का अध्यक्ष बिमल थापा मगरले भने ‘सरकारले हामीहरुको माग सम्बोधन नगरे कडा आन्दोलन थाल्छौं ।’ प्रदेश ५ मा सबैको पहिचान खुल्नेगरी नामाकरण गर्नुपर्ने मगर अगुवाहरुको भनाइ छ । २०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या ७ लाख एक हजार पांच सय ८६ छ । मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ ।

 

पूरा पढ्नुहोस